इन्फो नेपाल — सञ्चारको सञ्जाल

राप्रपा महिला संघ​को बैठकमा हानाहान

काठमाडौं । आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा हानाहान भएको छ । महिला संघको अध्यक्ष नियुक्तीको विषयलाई लिएर चर्किएको विवाद हानाहान अवस्थामा पुगेको हो । केही दिनअघि महिला संघको अध्यक्षमा अञ्जना शाह रावलले जिम्मेवारी पाएका थिए । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले नै शाह अध्यक्षमा नियुक्त गरेका थिए । अध्यक्षमा नियुक्ती भएपछि आइतबारका लागि शाहले पहिलो बैठक डाकेका थिए । तर, बैठकमा कुमारी तामाङ पक्षले महिला संघको अध्यक्ष नियुक्ती विषयमा विरोध गर्यो । विरोधसँगै दुई पक्षबीच महिला संघको अध्यक्षको विषयलाई लिएर भनाभनको स्थिति सिर्जना भएको थियो। बैठकमा भनाभनसँगै अन्तत दुई पक्षबीच हानाहान चल्यो । बैठकमा कुर्सी र टेबुल उचालेर हानाहान हुँदा राप्रपाका​ महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङसँगै अन्य नेताहरु घाइते भएको बताइएको छ । घाइतेहरुलाई चावहिलस्थित हेल्पिङ हेन्ड्स हस्पिटलमा उपचारका लागि लगिएको बताइएको छ । दुई पक्षबीच हानाहान सकिएपछि अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी कार्यालय पुगेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क