इन्फो नेपाल — सञ्चारको सञ्जाल

रामदेवले नेपालमा खाेलेका टेलिभिजनबारे विभागले छानबिन थाल्यो

भारतीय योग गुरु रामदेवले नेपालमा सञ्चालन गर्ने भनिएका टेलिभिजनको बारेमा सूचना तथा प्रसारण विभागले छानबिन सुरु गरेको छ । पतञ्जलि नेपाल टिभी र आस्था नेपाल नामक उक्त दुई टेलिभिजन च्यानलले नेपालमा प्रसारणको इजाजत लिए/नलिएको बारे छानबिन गर्न प्रसारण शाखाका निर्देशक सुदिप भट्टराईको नेतृत्वमा समिति गठन भएको विभागका प्रवक्ता भरत गौतमले न्युज अफ नेपाललाई जानकारी दिए । उक्त समिति आजै गठन भएको प्रवक्ता गौतमले बताए । विभागलाई टेलिभिजनको लोगो मात्रै उद्घाटन गरिएको भन्ने जानकारी आएको प्रवक्ता गौतमको भनाई छ । यद्यपि कुरा अर्कै आएकाले छानबिन समितिले यथार्थ बाहिर ल्याउने उनले बताए । शुक्रबार बुढानीलकण्ठ नगरपालिका–८, मन्डिखाटारस्थित पतञ्जलि योगपीठको नेपालस्थित कार्यालयमै भएभरका नेताहरुसहित प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त दुई विवादास्पद टेलिभिजनको उद्घाटन गरेका थिए । साे कार्यक्रममा प्रधानमन्त्री देउवाले योग गुरु रामदेवद्वारा सञ्चालित योगपिठका लागि नेपालमा जग्गा उपलब्ध गराउने समेत बचन दिएका थिए । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार आम सञ्चारमाध्यममा वैदेशिक लगानी प्रतिबन्ध गरिएको छ । तर प्रधानमन्त्री र शीर्ष नेताहरूले उक्त ऐन विपरीत विदेशी लगानीका दुई टेलिभिजन एकै दिन उद्घाटन गरेपछि चर्को आलोचना भइरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क