इन्फो नेपाल — सञ्चारको सञ्जाल

रामधुनीमा चालक निदाउँदा माईक्रो दुर्घटना, १० जना घाइते

सुनसरी / रामधुनी नगरपालिका -१ तित्रिवनमा सोमबार बिहानका राति हायस माइक्रो दुर्घटना हुँदा चालक र सहचालकसहित १० जना घाइते भएका छन् । पुर्व- पश्चिम लोकमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ५ ख ६०८७ नम्बरको हायस आफैँ अनियन्त्रित भएर आज बिहानका राति करिब २ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । घाइतेहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र इटहरीको बेदान्त अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चालक निदाएका कारण हायस दुर्घटनामा परेको खुलेको छ । दुर्घटनामा परेर झापाको दमक नगरपालिका–२ का ४० वर्षीय सञ्जय साह, उनकी पत्नी ३६ वर्षीया मीरा साह, छोरा ८ वर्षीय सगुन साह, झापा धरमपुरमा बस्ने २७ वर्षीय धनराज आङ्दाबे र ३४ को प्रकाश सापकोटा घाइते भएका छन् । त्यस्तै, झापा शान्तिनगरमा बस्ने ३६ वर्षीय अमर लेप्चा, शिवसताक्षी- १ का ३४ वर्षीय पुन्य नेपाल, तेह्रथुम जिल्लाकी ५३ वर्षीया भक्तकुमारी राई घाइते भएका छन् । घाइतेमध्ये सप्तरी भारदहका ३१ वर्षीय जितेन्द्रकुमार दास हायसका चालक र सुनसरीको इनरुवा नगरपालिका–८ का २८ वर्षीय विनोद उराव सहचालक घाइते भएका छन् । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क