इन्फो नेपाल — सञ्चारको सञ्जाल

रामप्रसादराई गाउँपालिकाद्धारा आर्थिक मामिला तथा योजना मन्त्रालयमा योजना माग

भोजपुर : भोजपुरको रामप्रसादराई गाउँपालिकाले यहाँको कृषि, भौतिक पूर्वाधार र खानेपानीको लागि आवश्यक बजेट माग गरेको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईले कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय पुगेर योजना तथा बजेटको माग गरेका हुन् । गाउँपालिकाले यसै वर्ष कार्यान्वयन हुने गरी वडा नं -१ को पेम्दिकी खोला तथा छापछिरिङ खानेपानी मर्मत योजना, वडा नं २ र ६ मा पर्ने नागछाँगा पर्यटन पूर्वाधार विकास कार्यक्रम र वडा नं -३ भुल्केमा व्यावसायिक किवी खेती तथा मौरीपालन कार्यक्रमको लागि बजेटमा गरेको अध्यक्ष राईले जानकारी दिए । “हामीले विभिन्न कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकारसँग बजेट माग गरेका छौँ”अध्यक्ष राईले भने,“यसै वर्ष कार्यान्वयन गर्ने गरी बजेट माग गरेका हौँ । माग गरेको बजेट प्राप्त भएमा हामीले थालेका योजनाबद्ध विकासलाई थप गतिदिन टेवा मिल्ने छ ।” त्यस्तै मूख्यमन्त्री सँग पिखुवा खोला दलगाउ भुल्के ओख्रे हुँदै पामाखाम भञ्ज्याङ सम्मको सडक निर्माणको लागि समेत योजना माग गरिएको अध्यक्ष राईको भनाई छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क