इन्फो नेपाल — सञ्चारको सञ्जाल

रामप्रसादराई गाउँपालिका नागरिकसँग अन्तरक्रियमा

भोजपुर -  विकास योजनाका विषयमा नागरिकसँग भोजपुरको रामप्रसाद राई गाउँपालिकाले अन्तरक्रिया सुरु गरेको छ । गाउँपालिकाले नवप्रबर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम संचालन सम्बन्धी अन्तरक्रिया तथा योजना छनौट कार्यक्रम थालेको हो । पालिकाले वडागत रुपमा नै कार्यक्रम सुरु गरेको हो । आइतवार वडा नम्वर १ देखि ४ सम्मलाई लक्षित गर्दै कार्यक्रम गरिसकेको पालिकाले सोमवार वडा नम्वर ५ देखि ८ सम्मका लागि अन्तरक्रिया तथा योजना छनौट कार्यक्रम संचालन गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए । स्थानीय तहमध्ये उत्कृष्ट काम गर्ने एक सय चार वटा स्थानीय तहहरुलाई संघीय मन्त्रालयले प्रोत्साहन स्वरुप ७५ लाख रुपैयाँ योजना संचालनका लागि थप गरिदिएको थियो । सोही अनुसार रामप्रसाद राई गाउँपालिकाले पनि थप रकम पाएको हो । प्राप्त भएको थप रकमलाई कुन कुन योजनामा प्रयोग गर्ने भन्ने बिषयमा वडा तहका नागरिकहरुसँग अन्तरक्रिया तथा योजना छनौट कार्यक्रम गरिएको छ । अन्तरक्रियाबाट छनौट भएका योजनाहरुमा आवश्यकता अनुसार बजेट छुट्याएर काम थालिने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क