इन्फो नेपाल — सञ्चारको सञ्जाल

रामप्रसाद राई गाउँपालिका भित्रका ३४ विद्यालयलाई समेटेर प्रतियोगितात्मक कार्यक्रम हुने

भोजपुर / भोजपुरको रामप्रसाद राई गाउँपालिका भित्र रहेका विद्यालयहरुलाई समेटेर सकारात्मक कार्यका लागि सहकार्य नामक संस्थाले विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप गर्ने भएको छ । बिभिन्न क्रियाकलापहरुमा सक्रिय रहँदै आएको संस्थाले जिल्लाको भित्र रहेका विद्यालयहरुलाई समेटेर आगामी पौष १२ र १३ गते अतिरिक्त क्रियाकलाप संचालन गर्न लागेको छ । कक्षा एक देखि तीनसम्ममा एकल नृत्य, कक्षा चार र पाँचमा हिसाव दौड, कक्षा छ देखि आठसम्म सफल र असल जीवनका लागि शिक्षा बिषय बक्तृत्वकला र कक्षा नौ देखि १२ सम्मका लागि भष्ट्राचार निवारण अभियानमा युवाको भूमिका बिषयमा बक्तृत्वकला प्रतियोगिता संचालन हुने संस्थाका अध्यक्ष घमचन्द्र दाहालले बताउनुभयो । आठ वटा वडा रहेको पालिकामा एक देखि चारसम्मका वडाका बिद्यालयहरुको प्रतियोगिता पौष १२ र पाँच देखि आठसम्मका वडाहरुका रहेका बिद्यालयहरुको प्रतियोगिता पौष १३ मा संचालन हुने छ । कार्यक्रम संचालनका लागि गाउँपालिकासँग संस्थाले मागेको अनुमति पाएपछि बिद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप हुन लागेको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क