इन्फो नेपाल — सञ्चारको सञ्जाल

राष्ट्रपतिले राजनीतिबाट संन्यास लिने घोषणा

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन् । दुतेर्तेको यस्तो घोषणालाई अनपेक्षित रुपमा हेरिएको छ ।

साथै आफ्नी छोरीलाई राजनीतिमा बाटो खुला गर्ने योजनाको रुपमा पनि व्याख्या भएको छ । आज म राजनीतिबाट संन्यास लिएको संन्यास लिएको घोषणा गर्छु। दुतेर्तेले शनिबार भनेका छन् ।फिलिपिन्सको संविधान अनुसार राष्ट्रपति पदमा ६ वर्षे कार्यकालभन्दा बढी बस्न नपाउने प्रावधान छ । यद्यपि दुतेर्तेले राजीनितबाटै बिदा लिने आंकलन धेरैले गरेका थिएनन् ।

तर राजनीतिक विश्लेषकहरुले उनले कुनै पनि बेला अनौठो तरिकाले राजनीतिक कदम चाल्नसक्ने औंल्याएका थिए ।यसपटक दुतेर्तेले छोरी सारा दुतेर्ते कार्पियोलाई आगामी वर्षको राष्ट्रपति पदका लागि अघि सार्नसक्ने बताइएको छ । सारा दुतेर्ते कार्पियो यसअघि बाबुकै निर्वाचन क्षेत्र डाभाओको मेयर बनेकी थिइन् ।

साथै २०२२ को निर्वाचनमा आफू र बाबुमध्ये एक जना मात्रै राष्ट्रिय नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने सहमति भएको प्रतिक्रिया दिएकी थिइन् ।यससँगै रोड्रिगो दुतेर्तेले राजनीतिबाट संन्यास लिने घोषणा गरेपछि उनकी छोरीका लागि राष्ट्रपति उम्मेदवार बन्न बाटो खुला भएको छ । राष्ट्रपति दुतेर्ते खास सम्प्रदाय तथा धार्मिक समूहलाई लक्षित गर्दै विवादित अभिव्यक्ति दिने नेताको रुपमा चिनिन्छन् । यसअघि उनले खास समूहलाई लक्षित गर्दै राष्ट्रपतिको कुर्सीबाटै आक्रमण गर्नेसम्मको अभिव्यक्ति दिने गरेका थिए ।

सम्बन्धित समाचार

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…

इन्फो डेस्क

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। ​समितिले विभिन्न द…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…

इन्फो डेस्क