इन्फो नेपाल — सञ्चारको सञ्जाल

‘राष्ट्रपति राजीनामा दिने मूडमा’

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेताहरुसँगको छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारी राजीनामा दिने मूडमा रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले मङ्गलबार भएको छलफलमा उक्त जानकारी गराएका छन् । नागरिकता विधेयक विषयमा राष्ट्रपति तानिने भएपछि राजीनामा दिने मूड बनाएको हुनसक्ने बताइएको छ । प्रधाानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्कीसँगको छलफलमा उक्त विषय साझा गरेका छन् । सङ्घीय संसदको दुवै सदनले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी सुझावसहित फर्काएकी थिइन् । प्रतिनिधि सभाले उक्त विधेयक पुनः पारित गरेपछि हाल राष्ट्रिय सभामा पुगेको छ । राष्ट्रिय सभाबाट पारित भई दोस्रो पटक राष्ट्रपति कार्यालयमा पुगेपछि उक्त विधेयक प्रमाणीकरणको विकल्प रहने छैन् । त्यस अगाडि राष्ट्रपतिले राजीनामा गर्ने मूड बनाएको हुनसक्ने आँकलन गरिएको छ । राष्ट्रपति भण्डारीले बुधबार मात्रै आफ्नो सुरक्षामा खटिएका सुरक्षा अधिकृतहरुको बैठक गरेकी छन् । जसमा पूर्व सुरक्षा अधिकारीहरु समेत सहभागी भएका छन् । स्रोतका अनुसार राष्ट्रपतिले सुरक्षाकर्मीलाई धन्यवाद दिएकी हुन् । तर राष्ट्रपति कार्यालयले उक्त विषयमा हालसम्म कुनै प्रकारको टिप्पणी गरेको छैन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क