इन्फो नेपाल — सञ्चारको सञ्जाल

राष्ट्रिय दल बन्ने योग्यता के-के हुन् ?

काठमाडौं । मंसिर ४ गते प्रदेश र प्रतिनिधिसिभाको निर्वाचन हुँदैछ । निर्वाचनपछि राष्ट्रिय दल बन्ने योग्यता के-के हुन् भन्ने जिज्ञासा पनि उठिरहेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल राष्ट्रिय दल बन्न प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नपर्ने र समानुपातिकतर्फ खसेको कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने बताउँछन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा राष्ट्रिय दलसम्बन्धी व्यवस्था छ । 'प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेछ,' भनिएको छ । मानौँ यो निर्वाचनमा समानुपातिकतर्फ १ करोड ५ लाखभन्दा भन्दा बढी मत खस्यो । त्यसमध्ये १ करोड मत सदर भयो भने तीन प्रतिशत मत कटाउन तीन लाखभन्दा बढी मत ल्याउनुपर्छ । कुनै दलले प्रतिनिधिसभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये एकभन्दा बढी सिटमा निर्वाचित भयो र समानुपातिकतर्फ तीन प्रतिशत मत ल्याएन भने त्यो दलको संसद्मा प्रतिनिधित्व हुन्छ तर, त्यसले राष्ट्रिय दलको मान्यता पाउँदैन । यस्तै, समानुपातिकतर्फ एक सिट पनि प्राप्त नगर्ने दलकाे जमानत जफत हुनेछ ।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

वायु प्रदूषणले तराईको आकाश धुम्मियो, बुटवल र झापामा उच्च प्रदूषण

काठमाडाैँ । तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ। पश्चिमको कैलालीदेखि पूर्वको झापासम्मको आकाश धुम्मिएको छ भने बुटवल र झापाको वायु गुणस्तर 'निकै अस्वस्थकर' श्रेणीमा…

इन्फो डेस्क