इन्फो नेपाल — सञ्चारको सञ्जाल

राष्ट्रिय परिचयपत्र नभएकालाई पनि बैंकिङ सेवा दिन सर्वोच्च अदालतको आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता वा अन्य वैकल्पिक परिचयपत्रका आधारमा बैंकिङ सेवा सुचारु गर्न सरकार र सम्बद्ध निकायका नाममा परमादेश जारी गरेको छ।

​न्यायाधीशद्वय सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर प्राप्त नभएसम्म अन्य आधिकारिक कागजातका आधारमा दुई चरणको प्रमाणीकरण गरी बैंक तथा वित्तीय सेवा उपलब्ध गराउन आदेश दिएको हो।

​यसअघि नेपाल राष्ट्र बैंकले असोज मसान्तभित्र पुराना खातावाहकहरूलाई समेत अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्न समयसीमा तोकेको थियो। बैंकहरूले ग्राहक पहिचान (केवाईसी) विवरण अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि सर्वसाधारण सेवाबाट वञ्चित हुनुपरेको भन्दै अधिवक्ता सरिता अधिकारीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

​उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरलाई मात्रै नागरिक पहिचानको एकमात्र बाध्यकारी आधार नबनाउन स्पष्ट पारेको छ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क