इन्फो नेपाल — सञ्चारको सञ्जाल

राष्ट्रिय युवा संघ भोजपुरद्वारा सरसफाई र आँखा पाक्ने रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम

सुनसरी / राष्ट्रिय युवा संघ भोजपुरले बजार सरसफाई र डेंगी एवम् आँखा पाक्ने रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । भोजपुर नगरपालिकाका भोजपुर बजार क्षेत्रको सडक भत्किएर दुर्घटनाको जोखिम बढेपछि श्रमदानमार्फत मर्मत गरिएको छ । सोही क्रममा युवा संघले डेंगी एवम् आँखा पाक्ने रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको हो । युवाहरुको अगुवाईमा गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट,गिठी बालुवा प्रयोग गरेर डाँडा गाउँ क्षेत्रको सडक मर्मत गरिएको हो । बजार क्षेत्रमा ढल व्यवस्थापनको काम भईरहेको भएपनि हालबाटो विग्रिएको ठाउँसम्म सडक बन्न समय लाग्ने भएकोले बजारबासीलाई सहज आवगमनको लागि बाटो मर्मत गरिएको भोजपुर नगरपालिका उप–प्रमुख निर्मला शेर्पाले बताईन । दैनिक जसो स्थानीयले भोगेको सास्तीलाई नगरपालिकाले देखेर पनि बेवास्ता गरेपछि भत्किएको ठाउँमा ढलान गरिएको राष्ट्रिय युवा संघ भोजपुर नगर कमिटी अध्यक्ष दिपेन दर्लानले बताए । श्रमदान अभियानमार्फत जिल्लामा फैलिरहेको डेङ्गी तथा आँखा पाक्ने रोगबाट बच्नको लागि अनपाउनु गर्ने शन्देशमूलक सूचनाको बोर्डसमेत बजार क्षेत्रमा राखिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य विमल रणपहेंलीले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क