इन्फो नेपाल — सञ्चारको सञ्जाल

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति भट्टराईलगायतद्वारा पार्टी परित्याग

सुनसरी -रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश, जिल्ला र नगरका विभिन्न नेता तथा कार्यकर्ताले विभिन्न आरोप लगाउँदै पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेमा प्रदेश कमिटी सदस्य तथा प्रदेश नं. १ निर्वाचन परिचालन कमिटीका सभापति सञ्जीव भट्टराई, सुनसरी जिल्ला सचिव तथा प्रदेश नं. १ निर्वाचन परिचालन कमिटीका उपसभापति प्रेमप्रसाद तिमिल्सिना, धरान उपमहानगरपालिकाका सभापति राम कार्की, धरानका उपसभापति रिचन राई र प्रदेश कमिटी सदस्य शिल्पा भट्टराईलगायत छन् । सो पार्टीका नेता तथा कार्यकर्ताले मङ्गलबार धरानमा पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गरेको प्रदेश कमिटी सदस्य तथा प्रदेश नं. १ निर्वाचन परिचालन कमिटीका सभापति सञ्जीव भट्टराईले बताए । उनले पार्टी सञ्चालनको अवस्था, आलोचनाप्रति असहिष्णु नेतृत्व, आर्थिक अपचलन, पार्टी सभापति लामिछानेप्रति लागेका अनैतिक आचरण, पारदर्शी आर्थिक गतिविधि, विगतमा लागेको आत्महत्या दुरुत्साहन मुद्दाजस्ता आरोप सही त थिएनन् भन्ने आशङ्का जन्मिएको र निष्पक्ष छानबिनका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै कानुनी प्रक्रियामा जाने निर्णयका साथ पार्टी परित्याग गरेको बताए । सुनसरी जिल्ला सचिव तथा प्रदेश नं. १ निर्वाचन परिचालन कमिटी उपसभापति प्रेमप्रसाद तिमिल्सिनाले पार्टीले प्रतिनिधि सभा निर्वाचनको टिकट वितरण अपारदर्शी तरिकाले गरेको, उम्मेदवार छनोट हुनुअघि नै आकाङ्क्षीसँग दस्तुर उठाएर टिकट वितरण भइसके पनि अन्यको फिर्ता नगरेको, पार्टी नेतृत्वमा रहेका केही व्यक्तिको स्वेच्छाचारिता बढेका कारण पार्टी परित्याग गर्नु परेको बताए ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क