इन्फो नेपाल — सञ्चारको सञ्जाल

राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरप्राइज’ दिदै !

काठमाण्डौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटकको संसदीय निर्वाचनमा ‘सरप्राइज’ दिने देखिएको छ ।  समानुपातिकतर्फ देशैभर सो पार्टीको चुनाव चिन्ह ‘घण्टी’मा मतदान गर्नेको लहर नै देखिएको छ । सामाजिक सञ्जालहरुमा युवा तथा परिवर्तनकामी मतदाताले घण्टीमा मत हालेको बताइरहेका छन् । पूरापूर सामाजिक सञ्जाल घण्टीको पक्षमा देखिएको बेला लामिछानेको दलले प्रत्यक्षतर्फको सिटमा कहाँ–कहाँ सरप्राइज दिन्छ होला त ?  ‘फ्याक्टस् नेपाल’ नामक संस्थाले गरेको ओपिनियन पोलको नतिजाअनुसार लामिछाने नेतृत्वको पार्टीले चितवनका तीनवटै क्षेत्रमा शानदार जित हासिल गरी ‘क्लीन स्वीप’ गरी ‘बिग सरप्राइज’ दिनसक्छ । चितवनमा रवि लामिछाने स्वयम् प्रतिनिधिसभा सदस्यको उम्मेद्वार छन् । त्यहाँको तीनवटै निर्वाचन क्षेत्रमा घण्टीले बाजी मार्ने पोलको सर्वेक्षणको क्रममा देखिएको छ ।  यसैगरी, लामिछाने नेतृत्वको दलले दाङ, सल्यान, बारा लगायतका जिल्लामा पनि सरप्राइज दिनसक्ने देखिएको छ ।  कांग्रेस नेता अर्जुन नरसिंह केसीलाई फराकिलो मत अन्तरले हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले प्रत्यक्षतर्फ जित हासिल गर्ने सर्वेक्षणका क्रममा देखिएको छ । नुवाकोटको क्षेत्रनम्बर २ बाट कांग्रेस नेता सिंह प्रत्यक्षतर्फ उम्मेद्वार छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमनविक्रम पाण्डे उम्मेद्वार छन् । यस्तै, एमालेबाट नारायणप्रसाद खतिवडा, राप्रपाबाट झनक प्याकुरेल लगायत चुनावी मैदानमा छन् ।  काठमाण्डौमा पनि ३ वटा निर्वाचन क्षेत्रमा यो पार्टीको जित हुनसक्ने देखिएको छ । 

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क