इन्फो नेपाल — सञ्चारको सञ्जाल

रास्वपा: पार्टी एउटा, विचार नौथरी !

काठमाडौं- निर्वाचन हुनुभन्दा ३ महिनाअघि बिचार, मार्ग निर्देशक सिद्धान्त कुनै कुराको टुङ्गो नलगाई राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । विभिन्न पेसा, व्यवसायका क्षेत्रबाट आएका व्यक्तिहरूको समूह रहेको सो दलको हालसम्म स्पष्ट बिचार, सिद्धान्त रहेको छैन । खासगरी देशको शासकीय संरचना, आफ्नो मौलिक राष्ट्रिय एजेण्डा लगायतका विषयमा यो दलमा ‘कन्फ्युजन’ रहेको आम बुझाई रहेको छ । पार्टीका सभापति लामिछाने संघीयताको आवश्यक नरहेको बताउँछन् भने पार्टीभित्रका संघीयताको पक्षपातीहरू पनि रहेका छन् । कोही पत्रकारिता, कोही चिकित्सक, कोही राजावादी, कोही कम्युनिस्ट, कोही कांग्रेस, कोही चलचित्रकर्मी विभिन्न पृष्ठभूमिबाट आएका व्यक्तिहरू सांसद बनेका छन् ।  रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँँडे पार्टीले संघीयतालाई स्वीकार गरेको तर सुधारिएको संघीयता हुनुपर्ने पार्टीको धारणा रहेको रातोपाटीलाई बताए । उनले यसो भने पनि गत निर्वाचनमा संघीयता आवश्यक नरहेकोले प्रदेशमा उम्मेदवारी नदिएको सो दलका सभापति रवि लामिछानेले सार्वजनिक रूपमा बताएका थिए ।  पार्टीमा रहेका पदाधिकारीदेखि नवनिर्वाचित सांसदहरू विभिन्न पृष्ठभूमिबाट आएका छन् । नवनिर्वाचित सांसदहरू मध्ये समानुपातिक सांसद बनेका सन्तोष परियार एमाले पृष्ठभूमिका व्यक्ति हुन् । कुनै बेला एमाले नेता महेश बस्नेतको विश्वासपात्र रहेका उनी एमाले छोडेर रास्वपामा लागेका थिए । समानुपातिक सांसद बनेकी विनिता कठायत राजावादी पृष्ठभूमिकी व्यक्ति हुन जो रवि लामिछाने ग्यालेक्सी टिभीमा काम गर्दा प्रशासन शाखामा काम गर्थिन । यस्तै तोशिमा कार्की, डोलप्रसाद अर्याल र चन्दा कार्की चिकित्सक हुन् । समानुपातिक सांसद सुमना श्रेष्ठ महिला अधिकारवादी हुन भने असिम शाह चलचित्र क्षेत्रका व्यक्ति हुन् । यस्तै रवि लामिछाने, सोविता गौतम र निशा डाँगी पूर्व सञ्चारकर्मी हुन् ।  विभिन्न पेसा, व्यवसाय र फरक फरक पृष्ठभूमिबाट एक ठाउँमा आइपुगेका उनीहरूले पार्टीको कुनै ठोस बिचार र सिद्धान्त नभएका कारण सार्वजनिक कार्यक्रममा आफू अनुकूलको विचार, धारण सिद्धान्त व्यक्त गर्दै आएका छन् ।  सरकारमा जाने वा नजाने भन्नेमा पनि यो दलले हालसम्म पार्टीको आधिकारिक विचार सार्वजनिक गर्न सकेको छैन । तर बिचार मिल्ने, धारणा मिल्ने खालको सरकार बन्ने अवस्थामा पार्टी सरकारमा जाने सो दलका केन्द्रीय सदस्य अरनिकोले बताए । 

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क