इन्फो नेपाल — सञ्चारको सञ्जाल

रास्वपा सभापति जोडिएको सहकारीको अनुसन्धान फाइल सीआईबीले झिकायो

काठमाडौँ- ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका व्यक्तिहरू मुछिएको सहकारी घोटालासम्बन्धी अनुसन्धान फाइल सीआईबीले काठमाडौँमा झिकाएको छ । पोखराको सूर्यदर्शन सहकारीबाट १ अर्ब ३५ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरेको थियो । सूर्यदर्शन सहकारीको मुद्दा अदालतमा विचाराधीन छ । लामिछानेले पनि सूर्यदर्शनबाट बिना धितो ऋण लिएर रकम हिनामिना गरेको आरोप छ । बुटवलको सुप्रिम बचत, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र वीरगञ्जको सानो पाइलाबारे स्थानीय प्रहरीले गरेको अनुसन्धान फाइल सीआईबीले काठमाडौँ मगाएर थप अनुसन्धान सुरु गरेको छ । लामिछाने र राईले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कको खातामा ल्याएर हिनामिना गरेको आरोप छ । काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी घोटालामा पनि जीबी र रवि जोडिएका छन् । यसअघि राई र लामिछानेविरुद्ध सहकारी विभागमा पनि उजुरी दर्ता भएको थियो । सहकारी ठगी प्रकरणमा दुवै मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गरिएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क