इन्फो नेपाल — सञ्चारको सञ्जाल

रास्वापाले इटहरी उपमहानगरपालिका अगाडि करको विषयमा गर्यो अन्तरक्रिया ,नागरिक समाज इटहरीको ध्यान नगएको आरोप

सुनसरी / इटहरी उपमहानगरपालिकाले करको दरमा गरेको अस्वाभाविक वृद्धिको विरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार उपमहानगरपालिकाको कार्यालयअगाडि अन्तरक्रिया कार्यक्रम गरेको छ । अवैज्ञानिक, अस्वभाविक, अत्यधिक बुद्धि गरिएको कर विरुद्ध आम इटहरी नगरबासीहरुले विरोध गरौं अवैज्ञानिक करबृद्धि विरुद्ध जनताको तर्फबाट दबाब अभियान गरि अत्यधिक बृद्धि भएको कर विरूद्र अन्तरक्रिया कार्यक्रम गरेको सचेन नागरिक इटहरीका अध्यक्ष हेमराज दाहालले बताए । उपमहानगरपालिका कर घटाउन तयार नभएको भन्दै पार्टीको इटहरी नगर कार्यसमितिले उपमहानगरपालिकाको कार्यलय अगाडि अन्तरक्रिया कार्यक्रम गरेको छ । विगतमा करदाताले छुट्टाछुट्टै शीर्षकमा धेरै ओटा कर तिर्ने गरेकोमा यस वर्षदेखि त्यस्ता सबै करहरूलाई एकीकृत गरी एकै ठाउँमा तिर्ने व्यवस्था गरिएकाले पनि करको रकम बढी देखिनु स्वाभाविक भएको उनीहरूको भनाइ छ । इटहरीमा भएको कर वृद्धिको विषयमा इटहरीको नागरिक समाज मौन रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आरोप लगाएको छ । रास्वपा नेता मनु मन्जिलले इटहरी उपमहानगरले जनतालाई ढाड सेक्नेगरी बढाएको भूमिकरको विषयमा नागरिक समाज मौन भएको आरोप लगाएका हुन् । आइतबार उपमहानगरअगाडि ‘सचेत नागरिक इटहरी’को ब्यानरमा गरिएको कार्यक्रममा मन्जिलले नागरिक समाजले सही समयमा सही आवाज उठाउन आवश्यक भएको बताएका छन् इटहरीका बुद्विजीवीहरूसहितको उपस्थितिमा रास्वपाले कोणसभा आयोजना गरेको थियो । रास्वपाका स्थानीय तथा प्रदेश स्तरका नेताहरूको उपस्थिति रहेको थियो ।

त्यसपछि हिजो नागरिक समाज इटहरीले कर घटाउनको लागि दोस्रो पटक उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । एक महिनामा दोस्रो पटक उपमहानगरपालिकालाई पत्र लेख्दै कर घटाउन आग्रह गरेको छ । नागरिक समाजकी अध्यक्ष बालिका भट्टराईले उपमहानगरपालिकालाई स्मरणपत्र लेख्दै आफूले यसअघि नै दिएको ध्यानाकर्षणबारे स्मरण गराएकी हुन् ।

रास्वपाले कर वृद्विको विरोध जनाउँदै गत साउन २५ गतेदेखि लगातार उपमहानगर अगाडि प्रदर्शन गरिरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क