इन्फो नेपाल — सञ्चारको सञ्जाल

रिहाइपछि पल शाहलाई लिएर फिल्म ‘ओ सजन’ बन्ने, बोर्डबाट लिए निर्माण इजाजत

काठमाडौं । नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा अभिनेता पल शाह तनहुँ जिल्ला कारागारमा छन् । उक्त मुद्दामा नवलपुर अदालतले उनलाई साढे दुई वर्ष कैद सजाय सुनाइसकेको छ । तनहुँ जिल्ला अदालतमा चाहिं आगामी माघ ३ गतेलाई पेसी तोकिएको छ । कारागारभित्रै शाहले केही फिल्मको स्क्रिप्ट पढ्दै गरेको खबर यसअघि नै सार्वजनिक भैसकेको छ । यस्तोमा उनलाई प्रमुख भूमिकामा लिने योजनासहित एक फिल्म निर्माताले शुक्रबार चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको इजाजतपत्र लिएका छन् । राया फिल्म्स प्रालिले पलको मुख्य भूमिका हुने गरी फिल्म ‘ओ सजन’ निर्माणको अनुमति लिएको हो । पलसहित कविता राय र आरएल लामा कलाकारको रुपमा हुने गरि निर्माण हुन लागेको फिल्मलाई शिवम् अधिकारीले निर्देशन गर्ने जनाइएको छ । तीन वर्षभित्र फिल्म निर्माण गर्ने गरी निर्माताले अनुमति लिएको देखिन्छ । फिल्मको बजेट एक करोड रुपैयाँ तय गरिएको छ । तनहुँ जिल्ला अदालतले फैसला सुनाउन बाँकी छ । नवलपुर अदालतको फैसलालाई चुनौति दिँदै पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । अदालतबाट फैसला नआउँदै निर्माताले उनलाई लिएर फिल्म बनाउन अनुमति लिएका हुन् । गत महिना अर्का फिल्म निर्माता किरण नेपालीले पनि कारागार पुगेर पललाई भेटेपछि उनलाई लिएर फिल्म बनाउने बताएका थिए । आगामी फागुनमा पल कारागारमा रहन थालेको एक वर्ष बित्दैछ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क