इन्फो नेपाल — सञ्चारको सञ्जाल

रुद्र पान्डे भन्छन्ः जापान-अमेरिका कम्पनी खोल्दा धन्यवाद पाएँ, नेपालमा घुस बिना कामै भएन

काठमाडौं । नेपाल सरकार कम्पनी रजिस्ट्रारको कार्यालय अर्थात ओसीआर (OCR) भनौँ वा घुसियार ? यो कार्यालयको काम उद्यमीहरूलाई सहयोग गर्ने हुनु पर्ने । हामी सानातिना सपना बोकेर एउटा सानो काम गरौँ भनेर त्यहाँ पुग्नेहरूलाई यो कार्यालयले स्वागत गरेर धन्यवाद भन्दै हाम्रो काम गरिदिएर नमस्ते हजुर भन्दै उत्साहित गरेर फर्काउनु पर्ने हो । मैले अमेरिका, जापान, इन्डिया र सिङ्गापुर आदि देशमा कम्पनी खोलेको छु । यी सबै देशमा बिना झन्झट कम्पनी खोलेँ र दुई पैसा घुस खुवाउनु परेन । सबैले मलाई कम्पनी दर्ता पछि स्वागत, बधाई र धन्यवाद जस्ता शब्द राखेर चिठ्ठी पठाए ।तर नेपालको कम्पनी रजिस्ट्रारमा गयो भने कम्पनीको नाम जुराउनेदेखि घुस दिन सुरु गर्नु पर्छ र कम्पनी सञ्चालन भएसम्म हरेक वर्ष यो कागज मिलेन र त्यो कागज पुगेन भनेर घुस लिन्छन् । सुरुसुरुमा त मैले खुब आदर्शवादी बनेर पृथ्वीनारायणको महावाणी (घुस लिने र दिने दुवै चोर हुन्) याद गरेर घुस दिन्न भनेर बसेँ ।तर आफू अमेरिका, नेपालमा अनेकलाई भनेँ तर कसैले सुनेनन् । नेताहरू मुसुक्क हाँसे र सचिवहरूले कागज पुर्‍याउनुस् न सर भनेर टारे । अचेल मेरा मान्छेले पनि घुस दिने गर्छन्, कम्पनी रजिस्ट्रारलाई ।देशको यो ताल देख्दा आँखाबाट आँसु झर्छ । भनौँ त कसलाई भनौँ ? जाउँ त कहाँ जाउँ ? अदालतदेखि मन्त्रालयसम्म सबै मुख बाउँदै बसेका छन् । मलाई थाह छ, यो नोट कम्पनी रजिस्ट्रारका हाकिमले पढेपछि मेरा म्यानेजरहरूले झन् दुःख पाउनेछन् । तर कति सहने अत्याचार भनेर सामाजिक सञ्जालमार्फत आफू जस्तै अन्याय खप्ने लाखौँ नेपालीहरूको माझ आएको छु ।कम्पनी रजिस्ट्रारमा कति राम्रा घुस नखाने कर्मचारी पनि हुनु होला । उहाँहरूसँग क्षमा माग्न चाहन्छु । कम्पनी रजिस्ट्रारबाट हन्डर र गोता खानेले आफ्नो कथा पनि शेयर गर्नु होला । उद्योग मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा छ क्यारे । प्रधानमन्त्री कार्यालयबाट र अख्तियारबाट कसैलाई मेरो पूर्ण कहानी सुन्न मन छ भने म नाम तोकेर भनिदिनेछु । देशको लागि केही गर्न सकिनँ, यति त गरौँ । –पाण्डे नेपालको आईटी क्षेत्रमा उदाएका सम्भवतः सबैभन्दा सफलतम् उद्यमी हुन् । सामाजिक सञ्जालमार्फत उनै पाण्डेले सार्वजनिक गरेको अभिव्यक्तिको सम्पादित सामग्री ।    

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क