इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोटरसाइकल दुर्घटना हुँदा दिदीभाइको मृत्यु

तिलोत्तमा — रुपन्देहीमा मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । दुर्घटनामा शुद्धोधन गाउँपालिका–१ की १२ वर्षीया समीक्षा खराल र ७ वर्षीय सुप्रिम खरालको मृत्यु भएको भैरहवास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनीहरु दिदीभाइ हुन् । तिलोत्तमा नगरपालिका–६ गोरकट्टामा आइतबार साँझ ५:४ बजे लु ६१ प ६१३० नम्बरको मोटरसाइकल र विपरीत दिशामा रहेको लु २८ प ७३४३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । लु ६१ प ६१३० नम्बरको मोटरसाइकल चालक ३४ वर्षीय सुरज काफ्ले घाइते र सोही मोटरसाइकलमा सवार कमला खराल घाइते छिन् । उनीहरुको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लु २८ प ७३४३ नम्बरको मोटरसाइकलका चालक बुटवल–७ का २६ वर्षीय सुरज थापा र सुवास खनाल सामान्य घाइते छन् । उनीहरुको पनि क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क