इन्फो नेपाल — सञ्चारको सञ्जाल

रोल्पा जिप दुर्घटनामा एकै घरका दाजुभाइसहित तीनको मृत्यु, १२ घाइते

रोल्पामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्रनजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले इन्फो नेपाललाई जानकारी दिए। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, उनका दाजु सोही ठाउँ निवासी ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती गाउँपालिकाका निवासी ५० वर्षीया फाम्सी केसी रहेको डिएसपी घिमिरेले बताए। रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जिप दुर्घटनाग्रस्त भएको थियो। प्रहरीका अनुसार ब्रेकले काम नगर्दा दुर्घटना भएको र जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो। दुर्घटनामा परेर १२ जना घाइते भएका छन्। घाइते हुनेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका– २ खुँग्रीकी ५४ वर्षीय चन्द्रचमन सिंह, ३८ वर्षीया दीपा ठकुरी, १४ वर्षीया नीतु सिंह, ३१ वर्षीया निलम सिंह, १० वर्षीया आस्था थापा, ७ वर्षीया स्वस्तिका थापा, सुनिलस्मृति– ३ मिझिङका ४८ वर्षीय जितबहादुर विष्ट (गाडी चालक), सोही ठाउँकी २४ वर्षीया मेनुका विष्ट, ४२ वर्षीया कुशुमा विष्ट छन्। त्यस्तै दाङ तुलसीपुर उपमहानगपालिका-१५ डुरुवाकी ४० वर्षीया ईश्वरी थापा, तुलसीपुर– ६ की ४५ वर्षीया भगवती रिजाल, दाङ घोराही उपमहानगरपालिका- ६ की ५० वर्षीया निर्मला शर्मा दुर्घटनामा परी घाइते भएका छन्। घाइते सबैलाई रोल्पामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको डिएसपी घिमिरेले बताए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क