इन्फो नेपाल — सञ्चारको सञ्जाल

जारीर लगाइदिने प्रलोभनमा एक करोड ३० लाख ठगी, दुई जना पक्राउ

इटहरी: इटहरीमा एक करोड ३० लाख ठगी गरेको भन्दै दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी अनुसार पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१० का प्रदीप कुमार चौधरी र मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बस्ने अन्जु चौधरी रहेका छन् । प्रदीपलाई प्रहरीले यसअघि नै पक्राउ गरेको हो भने अञ्जुलाई बुधबार साँझ पक्राउ गरिएको हो । उनीहरूले विराटनगर महानगरपालिका १ बस्ने कमल राजवंशीसहित ३९ जना पीडितमार्फत एक करोड ३० लाख एक हजार ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरूले लोकसेवा आयोगदेखि, आर्मी, पुलिस हुँदै एनजिओसम्ममा जागिर लगाइदिने भन्दै पैसा लिएका हुन् । पीडिहरूले ३ लाख देखि माथि १५ लाखसम्म दिएको खुलेको छ । बढीजसो सुनसरी र मोरङका पीडित रहेका छन् भने अन्य जिल्लाबाट पनि पीडितको संख्या आएको डीएसपी कार्कीलेप्रहरीले जानकारी दिएको छ । दुवैजनाविरुद्व सुनसरी जिल्ला अदालतबाट ठगी शीर्षकमा बिहीबार पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क