इन्फो नेपाल — सञ्चारको सञ्जाल

लगातार परेको वर्षाका कारण इटहरी फेरी जलमग्न

सुनसरी / सोमबार रातीदेखि लगातार परेको वर्षाका कारण इटहरी फेरी जलमग्न भएकाे छ । इटहरीको टेङ्ग्रा खोला, खेती खोला र बूढी खोला,सुकुमारी खाेला क्षेत्रमा बाढीको अवस्था बढ्दै गइरहेकाे छ । स्थानीय ढल तथा खोलाहरू भरिएर आएको बाढी सडक तथा मानव बस्तीमा प्रवेश गर्दा इटहरीकाे आधिकांश क्षेत्रहरु जलमग्न भएकाे हाे । इटहरीमा विशेषगरी वर्षेनी टेङ्ग्रा खोला, बूढीखोला, खेती खोलाले इटहरीका वडा नं. ३, ४, ६, ९, १०, ११ वडा बाढीबाट प्रत्यक्ष प्रभावित बन्दै आएका छन् । इटहरी २० र २ मा पर्ने तरहराको कृषि फारम, तरहराका अन्य केही ठाउँहरु, इटहरी ७ को बज्राहामा पनि पानीका कारण केही घरहरु डुबानमा परेका छन् । इटहरी वडा नम्बर १, ५, ७ ,८,१२, लगायत अन्य केही वडामा बाढी पसेर प्रत्यक्ष मानिसको जनजीवन प्रभावित बनेको छ । साथै पानी जमेर घर भित्र प्रवेश गर्ने अवस्थामा पुगेको तस्विर स्थानिय बासिहरुले सामाजिक सञ्जालमा राख्न थालेका छन् । यता इटहरीका मेयर हेमकर्ण पौडेल नगर प्रहरीसहित बाढी तथा डुबान क्षेत्रमा बिहानदेखिनै सकृय भएर खटेका छन् । पौडेल डोजर लिएर डुबान क्षेत्रमा काम गरिरहेका छन् । साथै मेयर पौडेलले बाढी र डुबानको कारण हुन सक्ने जोखिम व्यवस्थापनको लागि उपमहानगरका कर्मचारी, नगर प्रहरी र इटहरीवासीलाई तयारी अवस्थामा रहन र खोला आसपास क्षेत्रमा रहेका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् । प्रदेश १ का झापा, मोरङ र सुनसरी जस्ता विभिन्न जिल्लामा अविरल परेको वर्षाका कारण मानिसको जनजीवन प्रभावित परेको छ । अहिलेसम्ममा इटहरी क्षेत्रमा बाढीले मानिसको ज्यान गएको छैन । प्रदेश १ का विभिन्न ठाउँमा खेतीबाली, यातायात , सडक अवरुद्ध भएको छ । खोलामा खाएको बाढी , नालीबाट आएको बाडीबाट स्थानीयको जनजीवन प्रभावित परेको छ । उता, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुनसरी, मोरङ र झापाका अधिकांश स्थानहरूमा निरन्तर परेको वर्षातका कारण सर्तकता अपनाउन अपिल गरिएको छ । मेची, विरिङ, वक्राहा, लोहन्द्रा, बूढीखोला, सुनसरी खोला लगायत साना नदीहरूमा बाढीको जोखिम भएकाले सर्तकता अपनाउन अपिल गरिएको हो ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क