इन्फो नेपाल — सञ्चारको सञ्जाल

लगातार ६ दिन सार्वजनिक विदा !

काठमाडाैँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे समयमा लगातार ६ दिन सार्वजनिक विदा परेको छ । वैशाख ३० गते निर्वाचन हुने दिन सार्वजनिक विदा परेको छ । यसैगरि वैशाख ३१ गते शनिवार नियमित विदा परेको छ । सरकारले यसअघि नै जेठ महिनादेखि सातामा २ दिन विदा दिने निर्णय गरिसकेकाे छ । त्यसैलै, जेठ १ गते आइतबार परेको हुँदा सो दिन पनि विदा परेको छ । जेठ २ गते बुद्ध जयन्ती परेकाले सार्वजनिक विदा रहेको छ । सरकारले स्थानीय तहको निर्वाचन हुनुभन्दा एक दिन अघि सार्वजनिक विदा दिने तयारी गरेको छ । कामको सिलसिलामा अस्थायी बसोबास गर्ने मतदातालाई स्थायी थलोमा पुग्न सरकारले निर्वाचनको अघिल्लो दिन नै सार्वजनिक विदा दिने अभ्यास विगतमा समेत गरेकाले याे पटक पनि वैशाख २९ गते विदा दिने पक्का भएकाे छ । सरकारले मतदान केन्द्र रहेका स्कूल, कलेज, स्वास्थ्य चौकी लगायत सार्वजनिक निकायहरु भने वैशाख २८ गतेदेखि नै बन्द गर्ने निर्णय गरिसकेको छ । मतदान तथा सुरक्षाको हिसावले सम्पूर्ण तयारी गर्नुपर्ने भएकाले २८ गते नै बन्द गर्ने निर्णय गरेको हो । यसरी हेर्दा स्थानीय तह निर्वाचनकाे अघिपछि लगातार ६ दिन विदा हुने भएकाे हाे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क