इन्फो नेपाल — सञ्चारको सञ्जाल

लमजुङका प्रतिनिधि सभा सदस्य उम्मेदवार गुरुङको निधन

लमजुङ । लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नरेन्द्रबहादुर गुरुङको निधन भएको छ । जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका गुरुङको सोमबार दिउँसो निधन भएको आफन्तले बताएको छ । मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरा घर भएका ६८ बर्षीय गुरुङ केही दिनदेखि बिरामी थिए । शुक्रबार वान्ता भएपछि बेंसीशहरस्थित जिल्ला अस्पताल लमजुङ लगिएको थियो । जिल्ला अस्पतालमा उपचार हुन नसक्ने भनेपछि थप उपचारका लागि चितवन लगिएको थियो । सोमबार दिउँसो १ बजेतिर उपचारको क्रममा निधन भएको खबर आएको जनता समाजवादी पार्टीका नेता खेमजङ गुरुङले जानकरी दिए । गुरुङको शव सोमबार नै लमजुङ ल्याइँदैछ । उम्मेदवार गुरुङ केही समयदेखि बेंसीशहर नगरपालिका ७ मा बस्दै आएका थिए । उनका श्रीमती, ४ छोरा र २ छोरी छन् । गुरुङले उम्मेदवारी फिर्ताको समय भन्दा ढिला गरी आफूले सत्ता गठबन्धनको उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई समर्थन गर्ने भन्दै उम्मेदवारी निस्क्रिय पारेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क