इन्फो नेपाल — सञ्चारको सञ्जाल

ललिता निवास खाली गराउन ७ दिने अल्टिमेटम

काठमाडौं- काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्र खाली गर्न एक हप्ताको समय दिएको छ। महानगरले आज विज्ञप्ति जारी गरी सो क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई ७ दिनभित्र उक्त क्षेत्र खाली गर्न अल्टिमेटम दिएको हो। विशेष अदालतको फैसलाअनुसार ललिता निवास क्षेत्रको जग्गा सरकारी भएको महानगरले जनाएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १३ अन्तर्गतको दफा ९७ ले काठमाडौँ महानगरलाई सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्ति संरक्षण, मर्मत सम्भार र व्यवस्थापनको जिम्मा दिएको छ। ऐनको व्यवस्थाबमोजिम महानगरले ललिता निवास क्षेत्र खाली गराउन सक्रियता देखाएको हो। महानगरले सूचना जारी गरी ७ दिनभित्र खाली नगरेमा प्रचलित कानुनबमोजिम हटाउने र सरकारी सम्पत्तिको संरक्षण गरिने चेतावनीसमेत दिएको छ। महानगरको सूचनामा भनिएको छ, "विशेष अदालतको फैसलाअनुसार ललिता निवास क्षेत्रको जग्गा सरकारी भएको हुँदा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेकोले ७ दिनभित्र ललिता निवास क्षेत्रबाट हट्न व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई यो अल्टिमेटम जारी गरिएको छ। तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिनेछ।"

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क