इन्फो नेपाल — सञ्चारको सञ्जाल

लागूऔषध अफिमसहित शिक्षक पक्राउ

मकवानपुर: मकवानपुरमा लागूऔषध अफिमसहित एकजना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका ३ कालिकाटार स्थित भवानी माविका अस्थाई शिक्षक मनहरी-७ रमनटार बस्ने ३६ वर्षीय प्रलाद दर्जी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । बिहीबार राक्सिराङबाट मनहरी जाँदै गरेको बा ५३ प ४५३९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्न खोज्दा चालक फरार भएको र मोटरसाइकलमा सवार दर्जीलाई ३ केजि ४६० ग्राम अफिमसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले दर्जीको साथबाट नगद ५० हजार रुपैयाँ पनि बरामद गरिएको जनाएको छ । प्रहरीले फरार मोटरसाइकल चालकको खोजी कार्य भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क