इन्फो नेपाल — सञ्चारको सञ्जाल

लागूऔषध मुद्दामा फरार प्रतिवादी इटहरीकी सपनासहित दुई पक्राउ

इटहरी / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्धाका दुईजना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्धामा सुनसरी जिल्ला अदालतको २०७५/३/५ गतेको सजाय निर्धारण फैसला आदेशले दुई महिना २० दिन कैद र नगद ३ हजार रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेका धरान उपमहानगरपालिका १३ का २६ वर्षीय आशिष गुरुङ रहेका छन् । यसैगरी सोही मुद्धामा मोरङ जिल्ला अदालतको मिति २०७८।०९।१४ गतेको सजाय निर्धारण फैसलाले एक वर्ष ११ महिना १३ दिन कैद र नगद एक लाख रुपैयाँ जरिवाना भइ फरार रहेकी इटहरी उपमहानगरपालिका ४ की ४१ वर्षीया सपना सिंह रहेकी छन् । उनीहरूलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई सम्बन्धित जिल्ला आदालतहरूमा उपस्थित गराएकोमा तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला कारगार पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क