इन्फो नेपाल — सञ्चारको सञ्जाल

लामिछाने पछि हमाल पनि राजनीतिमा आउने तयारी

काठमाडौं – स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट बालेन शाह बिजय भएपछि अहिले एक खालको नयाँ माहोल देखिएको छ । चर्चित व्यक्तिहरु नै चुनावमा उम्मेद्धवार बन्दा जित्ने सम्भावना रहेको बुझिन थालिएको छ । यसैबीच आउँदो चुनावको लागि स्वतन्त्रबाट उम्मेद्धवार बन्न संचारकर्मी रवि लामिछानेले आफूले शुरु गरेको ग्यालेक्सी टीभी नै छाडेका छन् । आउँदो संसदीय चुनावमा काठमाडौंबाट उठ्नको लागि उनले ग्यालेक्सी टीभीबाट बाहिरिएको हुन् । यो कुरा आफै बिहीबार सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै उनले जानकारी दिए । काठमाडौंको ३ नम्बर क्षेत्रबाट उठ्ने सम्भावना रहेको बताइएको छ । यसैबीच फेरि अर्को चर्चा पनि शुरु हुन थालेको छ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल पनि चुनावमा होमिने बताइएको छ । उनले काठमाडौँ वा काभ्रेमध्ये एक ठाउँबाट स्वतन्त्र उम्मेदवारी दिएर औपचारिक रुपमा राजनीतिक यात्रा थाल्ने बताइएको छ । आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने बताउदै आएका हमाल अब राजनीतितर्फ लम्बने सक्ने अनुमान गर्न थालिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क