इन्फो नेपाल — सञ्चारको सञ्जाल

लिम्बूवान बन्दका कारण कोशी प्रदेशका केही जिल्ला प्रभावित

सुनसरी / लिम्बूवानको बन्दका कारण कोशी प्रदेशका केही जिल्ला प्रभावित बनेका छन् । कोशी प्रदेशको नाम खारेजलगायत माग राख्दै गरिएको बन्द आह्वानका कारण आज सोमबार केही जिल्लाको जनजीवन प्रभावित बनेको हो । बन्दका कारण शैक्षिक संस्थाहरू समेत प्रभावित बनेका हुन् । लिम्बुवान राज्यको घोषणालगायत माग राख्दै राष्ट्रिय जनमुक्तिसहितका दलले बन्द आह्वान गरेका हुन् । बन्दका कारण कोशी प्रदेशको सुनसरी, मोरङ, झापा लगायतका पहाडी जिल्लामा समेत जनवीवन प्रभावित बनेको छ । धरानमा पनि यसको प्रभाभ परेको छ । जसकारण छोटो तथा लामो दूरीको यात्रा गर्न समेत कठिन भएको छ । धरानको मुख्य चोक भानुचोकमा बन्दाकर्ताहरूले कुनै पनि सवारीसाधनहरूलाई प्रवेश गर्न दिएको थिएनन् । बन्दाकर्ताहरूले सवारीसाधन भानुचोकमा प्रवेश रोक लगाएपिछ अप्रिय घटना हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै भानु चोक आसपासमा प्रहरी परिचालन गरिएको छ । जनमुक्ति पार्टीका साथै संघीय लिम्बूवान पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बूवान राष्ट्रिय समिति (लोसपा) किराँत खम्बुवान राज्य परिषद्, किरात लिम्बूवान राज्य परिषद् र लिम्बूवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा बन्द आह्वान गरेका हुन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क