इन्फो नेपाल — सञ्चारको सञ्जाल

लुम्बिनीका शिक्षामन्त्री नै कक्षा १२ को परीक्षामा सहभागी भएपछि...

बुटवल |लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसी उद्दीन खाँ कक्षा १२ को परीक्षामा सहभागी भएपछि उनी अहिले चर्चामा छन् । उनले प्रदेश सभामा बुझाएको शैक्षिक योग्यताको प्रमाणपत्रमा स्नातक उत्तीर्ण भएको उल्लेख छ । मन्त्री खाँले रुपन्देहीको मायादेवी गाउँपालिका–५ को हाजीयनातुल्ला माविमा गत वर्ष कक्षा ११ मा भर्ना भएका थिए । उनले यही जेठ १६ गतेदेखि शुरू भएको कक्षा १२ को परीक्षामा सहभागी छन् । उनको लुम्बिनी सांस्कृतिक नगरपालिका–९, खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र परेको छ । मन्त्री यादवले आफूले पढाइको महत्त्व बुझाउन आफूले अहिले भर्ना भएर पढ्न थालेको बताए । ‘मैले कक्षा ११ पास गरे १२ को परीक्षा दिएको हुँ,’ मन्त्री खाँले लोकान्तरसँग भने, ‘यसअघि अगाडि फरक विषयमा स्नातक गरेको हुँ । अहिले फेरि मलाई शिक्षा संकाय पढ्न मन लागेर पढेको हुँ । मैले पढाइको महत्त्वको सन्देश दिन अहिले परीक्षा दिँदा ‘नेगेटिभ’ रूपमा साथीहरूले बुझेँ ।’

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क