इन्फो नेपाल — सञ्चारको सञ्जाल

लेटाङबाट सम्पर्कबिहिन भएका तीन जना बालिका विराटनगरमा फेला

सुनसरी / मोरङको लेटाङबाट हिजो शनिबार बिहानबाट सम्पर्कविहीन भएका तीनजना बालिका २४ घण्टापछि विराटनगरमा फेला परेका छन् । मोरङको लेटाङ नगरपालिका- ३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ- ४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राईलाई विराटनगर महानगरपालिका-१४ जतुवास्थित देवी राईको घरमा बिहान ११ बजेतिर फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले घटनाको जानकारी पाएर खोजी गर्ने क्रममा तीनै जना बालिकालाई सकुशल फेला पारी अभिभावकको जिम्मा लगाएको हो। घरबाट भने तीनै जना फुटबल हेर्न भनेर निस्किएको रअभिभावकबाट सम्पर्कविहीन बनेको भन्दै आइतबार विहान प्रहरीमा जानकारी दिएको थियोे । उनका अनुसार सविनाकी आमाको घरमा बालिकालाई फेला पारिएको हो । परिवारबाट सम्पर्कविहीन भएका तीनैजना बालिका लेटाङको शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययरत छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क