इन्फो नेपाल — सञ्चारको सञ्जाल

लेटाङमा टेम्पो दुर्घटना हुँदा चालक र एक बालिकाको मृत्यु

सुनसरी : मोरङको लेटाङबाट कानेपोखरी जाँदै गरेको बोलेरोले टेम्पोलाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ । हिजो शुक्रबार राति सात बजेतिर मोरङको लेटाङ नगरपालिका ३ स्थित लेटाङ–कानेपोखरी सडक खण्डमा लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र.न.१–०२–००३ ह १३१२ नम्बरको अटोलाई बिपरीत दिशाबाट आउँदै गरेको प्र.न.१–०२–००२ च ४१७३ नम्बरको बोलेरो पिकअप गाडीले ठक्कर दिएको थियो । ठक्करबाट अटो चालक कानेपोखरी गाउँपालिका -६ बस्ने अन्दाजी ३५ वर्षीय सागर तामाङको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो भने अटोमा सवार ८ वर्षीया रोशनी मगरको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यलय कानेपोखरीले जनाएको छ । अटोमा सवार कानेपोखरी ६ बस्ने अन्दाजी ३३ वर्षीया टीका आले मागर घाइते भएकी छन् । उनको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालक चालक प्रहरीले नियन्त्रणमा लिएको छ । बोलेरो चालकको सडकमा ध्यान केन्द्रित नहुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क