इन्फो नेपाल — सञ्चारको सञ्जाल

‘लेभी’ भाइरसबाट दर्जनौँ मानिस संक्रमित

बेइजिङ । वैज्ञानिकहरूले पूर्वी चीनमा जनावरबाट सर्ने नयाँ प्रकारको भाइरस फेला पारेका छन् । यस भाइरसबाट कम्तीमा दर्जनौँ मानिस संक्रमित भइसकेको बताइएको छ । चीनको हेनान प्रान्तको सानदोंगमा लान्ग्या हेनिपाभाइरस (लेभी) नामक यस नयाँ भाइरसबाट ३५ जना व्यक्ति संक्रमित भएको पाइएको छ । संक्रमितहरूमा ज्वरो आउने, थकान महसुस हुने र खोकी लाग्ने जस्ता लक्षणहरू देखिएका छन् । उनीहरूमा अरु जनावरहरूबाट भाइरस सरेको हुनुपर्ने विश्वास गरिएको छ । लेभी मानिसबाट मानिसमा सर्छ कि सर्दैन भन्ने यकिन भइसकेको छैन । अनुसन्धानकर्ताहरूले विशेष गरी चुच्चो नाक भएका साना स्तनधारी प्राणीमा यो भाइरस फेला पारेका हुन् । चीन, सिंगापुर र अष्ट्रेलियाका अनुसन्धानकर्ताले फेला पारेको यस भाइरससम्बन्धी लेख यसै महिना न्यु इंगल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित गरिएको हो । यसको अनुसन्धानमा लागेकाहरूमध्ये एक सिंगापुरको ड्युक–एनयूएस मेडिकल स्कूलका वांग लिन्फाले लेभीका घटनाहरू अहिलेसम्म निकै गम्भीर वा प्राणघातक नदेखिएकाले आत्तिहाल्नु नपर्ने कुरा चीनको सरकारी अखबार ग्लोवल टाइम्सलाई बताएका छन् । तर, वांगले प्रकृतिमा भएका थुप्रै भाइरसहरूमध्ये जुनसुकैले पनि मानिसलाई संक्रमित गरेपछि त्यसबाट अकल्पनीय परिणाम पनि निस्कन सक्ने भएकाले सतर्क भने रहनै पर्ने पनि बताएका छन् । बीबीसीबाट ।

सम्बन्धित समाचार

७४ जिल्लामा फैलिएको स्क्रब टाइफस : ज्वरो आए बेवास्ता नगर्न चिकित्सकको सुझाव

बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…

इन्फो नेपाल संवाददाता

असारको अन्तिम दुई सातामा अनुगमन तीव्र, आठ व्यवसायलाई सात लाख ८० हजार जरिवाना

हेटौँडा । पिज्जामा साङ्ला भेटिएको उपभोक्ताको गुनासोदेखि अनुमतिबिनै सवारी चालक अनुमतिपत्रका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको घटनासम्मले असारको अन्तिम दुई साता मकवानपुरमा बजार त…

बसन्त भण्डारी

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

राति बत्ती बालेर सुत्ने बानीले मुटुरोगको जोखिम बढाउने

काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि…

इन्फो नेपाल संवाददाता