इन्फो नेपाल — सञ्चारको सञ्जाल

वडाध्यक्षले कार्यालय भित्रै कुटे १७ वर्षीय किशोर

मकवानपुर : मकवानपुरको मनहरी–३ को वडा कार्यालयमा वडाध्यक्ष अनन्तप्रकाश अर्यालले कार्यालय भित्रै १७ बर्षिय युवक कुटेको घटना सार्वजनिक भएको छ । वडाध्यक्ष कार्कीले बुधबार बिहान साँडे ११ बजे वडा कार्यालय हाँडीखोला पुगेका स्थानीय १७ वर्षीय प्रशान्त कार्कीमाथि कुटपिट गरेका हुन् । कार्कीका आफन्ताका अनुसार प्रशान्तको कान्छी आमाले आफ्नी आमालाई कुटपिट गर्दा छेक्न जाने क्रममा वडा अध्यक्षले उनीमाथि हातपात गरेका थिए ।  वडा अध्यक्ष अर्यालले हातले चार थप्पड घाँटीमा हिर्काएका थिए । कार्की परिवारको घरायसी झगडा हुँदा वडा कार्यालयमा विवाद मिलाउनुको सट्टा वडाध्यक्षले उल्टै हातपात गरेका हुन् । प्रशान्तका नजिकका आफन्तका अनुसार प्रशान्तका बाबुले १३ वर्ष अघि कान्छी आमा भित्राएका थिए । तर हालसम्म विवाह दर्ता बनाएका थिएनन् । आज विवाह दर्ता बनाउँन भन्दै बाबु शंकर र कान्छी आमा सम्झना वडा कार्यालय पुगेका थिए । यता, प्रशान्तको आफ्नी आमा सानो कान्छीले भने विवाह दर्ता नगराउन भन्दै निवेदन दिन वडा कार्यालय पुगेकी थिइन् । सोही क्रममा विवाद हुँदा प्रशान्तको आफ्नी आमा सानो कान्छीमाथि सम्झनाले सुरुमा हातपात गरेकी थिइन् । आफ्नी आमामाथि हातपात भएपछि प्रशान्तले किन हातपात गरेको भन्दै प्रश्न गरेपछि वडाध्यक्ष अर्यालले उनी माथि कुटपिट गरेका थिए ।  

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क