इन्फो नेपाल — सञ्चारको सञ्जाल

वडाबाटै अपाङ्गता परिचय पत्र वितरण 

इटहरी: भोजपुरको पौवादुङमा गाउँपालिका १ श्यामशिलामा अपाङ्गता परिचय पत्र वितरणसँगै स्वास्थ्य शिविर सम्पन्न भएको छ । पौवादुङमा गाउँपालिकाले स्थानीय नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्ने लक्ष्यले शिविर सञ्चालन गरेको हो । मङ्गलवार श्यामशिलामा भएको शिविरमार्फत १२ जनालाई अपाङ्गता परिचय पत्र वितरणसँगै ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । गाउँपालिकाले यहाँका ६ वटै वडामा अभियान सञ्चालन गरेर शिविरमा मार्फत सेवा प्रवाह गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । अभियानमार्फत पौष २४ गते वडा नं १ श्यामशिला, पौष २५ मा वडा न २ तिवारीभञ्याङ, पौष २६ गते वडा नं ३ च्याङ्ग्रे, पौष २८ गते वडा नं ४ वास्तिम, पौष २९ गते वडा नं ५ सानोदुम्मा र माघ २ गते वडा नं ६ ठुलोदुम्मामा सेवाहरू प्रवाह गरिने प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए । गाउँपालिकाका नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्ने लक्ष्यले अभियानमार्फत सेवा प्रवाह गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाको सेवालाई सहज र सरल तरिकाले जनस्तरसम्म पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष राईको भनाइ छ । नागरिकलाई सहज सेवा प्रवाह गर्ने लक्ष्यले वडा स्तरबाट परिचय पत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । अभियानमार्फत प्रवाह गरिएको सेवाले शारीरिक रूपमा असक्त नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क