इन्फो नेपाल — सञ्चारको सञ्जाल

वडाबाटै बृद्ध भत्ता पाउँदा मकवानपुरगढीका ज्येष्ठ नागरिक खुसी

हेटौंडा- मकवानपुरगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता (बृद्धभत्ता) वडाबाट नै वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक खुसी छाएको छ  ।गाउँपालिकाको ८ वटै वडाहरूमध्ये पहिलो चरणमा वडा नं ८ र १ बाट भत्ता वितरण सुरु गरिएको हो । वृद्धहरूलाई बैंकसम्म आउन गाह्रो हुने भएपछि यो व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए ।

वडा नं १ का १८३ जनाले बिहीबार नै भत्ता पाएका छन्। वृद्धहरू भने चाँडै आफ्नो वडाबाट नै भत्ता पाउने भएपछि खुसी व्यक्त गरेका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षभित्र सबै वडाका लाभग्राहीलाई वडाबाट नै भत्ता दिने जनाएको छ ।

वडाबाट बैंकमा भत्ता लिन पालिका सम्म आउन जान निकै कठिन हुने गरेको र झन धेरै मोटर भाडा लाग्ने गरेकोले अब आफुहरुले वडा वडाबाटै भत्ता बुझ्न पाएपछि वडा नम्बर- १ का लाभाग्राहिहरुको मुहारमा खुसि झल्किएको छ ।

पालिका संगै रहेको नबिल बैंकमा घण्टौँसम्म लाइन लागेर वृद्धा भत्ता बुझ्दै आएका स्थानीय मान बहादुर घिसिङ्ग यस आर्थिक वर्षको दोस्रो त्रैमासिक भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित भए ।

उनले पालिका र जनप्रतिनिधिलाई धन्यवाद दिदै भने,  “निर्वाचनका बेला भोट माग्न आउँदा वृद्धा भत्ता वडा वडाबाट दिन्छौँ भन्थे, त्यतिबेला आफूलाई पट्कै विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिवद्धता अनुसार नै काम गरेकामा निकै खुशी लागेको छ ।"

वडा वडाबाट वृद्धा भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर घरमा आएको जस्तो र महसस भएको पनि घिसिङ्गले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क