इन्फो नेपाल — सञ्चारको सञ्जाल

वडाले विद्यार्थीलाई यातायात खर्च दिने!

मकवानपुर: हेटौंडा उपमहानगरपालिका वडा नं.१८ ले क्याम्पस पढ्न जाने विद्यार्थीहरुको लागि यातायात खर्च उपलब्ध गराउने भएको छ । वडाअध्यक्ष अनिल कुमार बानियाँले एक सुचना जारी गर्दै यस वडाबाट हेटौंडा बजारका क्याम्पसमा पढ्न जाने विद्यार्थीहरुलाई आवश्यक कागजात सहित ७ दिनभित्र उपस्थित हुन आह्वान गरेका छन् । साविक हर्नामाडी गाविसको सबै वडाहरु मिलेर बनेको हेटौंडा–१८ उपमहानगरको पूर्वी क्षेत्रमा पर्छ । त्यहाँबाट हेटौंडा बजारसम्मको दुरी १८ देखि २० किलोमिटर रहेको छ । त्यहाँका विद्यार्थीहरु दैनिक १५० देखि १८० रुपैयाँ बसलाई भाडा तिरेर हेटौंडा बजारमा उच्चशिक्षा अध्ययनका लागि आउने गर्छन् । यातायात खर्चको अभावले गर्दा उच्चशिक्षा लिनबाट बन्चित हुन नपरोस् भन्ने उदेश्यले हर्नामाडीदेखि हेटौंडासम्म लाग्ने दुईतर्फी भाडा वडा कार्यालय बेहोर्ने निर्णय गरिएको वडाअध्यक्ष बानियाँले बताए । उक्त निर्णय आउँदो भदौ १ गतेबाट लागु हुने उनले बताए । जारी सुचनामा यातायात खर्चको सुविधा लिनका लागि विद्यार्थी वडा नं.१८ को स्थायी ठेगाना भएको हुने पर्ने उल्लेख छ । त्यस्तै आवश्यक कागजातहरु नागरिकताको फोटो कपी, विद्यार्थीको आमाबुवाको नागरिकताको फोटो कपी, पासपोर्ट साइजको फोटो, क्याम्पसको आईडी कार्ड र हस्तलिखित निवेदन रहेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क