इन्फो नेपाल — सञ्चारको सञ्जाल

वराहक्षेत्रमा गुणस्तरिय शिक्षाकालागि बिद्यालयमा अनुगमन

इटहरी | वराहक्षेत्र नगरपालिकामा सामुदायिक बिद्यालयबाट गुणस्तरिय शिक्षा प्रदान गराउन नियमित अनुगमन र निरिक्षण हुँदै आएको छ । सामुदायिक बिद्यालय सुधार गराउन नगर रमेश कार्की र नगर उप-प्रमुख नन्दकुमारी सुनुवार सक्रिय भएर लागि पर्ने गरेका छन् ।

शिक्षा समितिको संयोजक समेत रहेका नगर प्रमुख कार्की र अनुगमन समिति संयोजक रहेकि उप-प्रमुख सुनुवार सम्बन्धित वडाका वडाध्यक्ष र शिक्षा समितिका पदाधिकारीहरु लिएर बिद्यालय अनुगमन गर्ने कार्यमा लागि परेका छन् । बिद्यालयलाइ कुनै जानकारीनै नदिइ गुणस्तरिय शिक्षाकालागि बिद्यालयको अनुगमन गर्ने गरिएको नगरपालिकाका शिक्षा अधिकृत उत्तमराज भारती बताउछन् ।

नगर प्रमुख कार्की र उप-प्रमुख सुनुवारले "गुणस्तरीय शिक्षाकालागि बिद्यालय अनुगमन " कार्यक्रमनै बनाएका छन्। बिद्यालयमा पुगेर शिक्षक सिकाई क्रियाकलाप , बिद्यार्थीहरुको सिकाई क्षमता , शैक्षिक अबस्था, भौतिक तथा प्रशासनिक गतिबिधिको अनुगमन गरिने र उत्कृष्ट बिद्यालयलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

अनुगम पश्चात् बिद्यार्थीको सिकाई क्षमता , अभ्यास , प्रशासन तथा संरचना लगायतको बिषयमा बिद्यार्थीहरु, बिषयगत शिक्षक, प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुसंग छलफल समेत गरिने गरिएको नगर प्रमुख कार्की बताछन् ।

गुणस्तरिय शिक्षाकालागि शिक्षकहरुलाई तालिम, उपकरण , शैक्षिक सामाग्री , उपचारात्मक कक्षा , योग शिक्षा ,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुसंग छलफलको कार्यक्रम नगरपालिकाले गर्दै आएको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क