इन्फो नेपाल — सञ्चारको सञ्जाल

वाग्मती गोल्डकप : मच्छिन्द्र र एपीएफबीच उपाधि भीडन्त

हेटौडा — मकवानपुरको वाग्मती गाउँपालिकामा जारी छैठौं संस्करणको वाग्मती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल बिहीबार हुँदैछ । फाइनलमा मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली एपीएफ भीड्दैछन् । दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । दुवै टोली पहिलो पटक वाग्मती गोल्डकपको फाइनलमा पुगेका हुन् । वाग्मती गोल्डकप : मच्छिन्द्र र एपीएफबीच उपाधि भीडन्त जनता माविको खेलमैदानमा बुधबार भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले प्रतियोगिताको उपाधि जित्नका लागि राम्रो तयारी गरेको दाबी गरे । खेलाडीहरु शारीरिकरुपमा ठिक भएकाले राम्रो अट्याकिङ गरेर निर्धारित ९० मिनेटभित्र गोल गरेर उपाधि जित्ने तयारी गरेको बताए । यस्तै एपीएफका म्यानेजर सुशील अधिकारीले आफू उपाधि जित्नेमा विश्वस्त र आशावादी भएको बताए । सबै टिम जित्नका लागि नै प्रतियोगिता खेल्ने बताउँदै उनले भने,‘हामीहरु पनि जित्नका लागि नै आएका हौँ ।’ माघ २७ गते हेटौडामा सम्पन्न सहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप जितेकोले यो कप पनि जित्नेमा पनि आफु विश्वस्त रहेको उनको भनाइ थियो । यता मच्छिन्द्रका कप्तान उत्सव राईले यो पटक राम्रो अट्याकिङ खेलेर उपाधि जित्ने लक्ष्य रहेको जिकिर गरेका थिए । यो पटक विभिन्न तीन वटा मोफसल गोल्डकपमा हार व्यहोर्दा दुखी रहेको बताउँदै उनले भने,‘यो पटक भने उपाधि जित्ने छौँ।’ एपीएफका कप्तान मानबहादुर राना मगरले गोल्डकप जित्ने गरी तयारी रहेको बताए । मकवानपुर गोल्डकप जितेर आत्मबल बढेकाले वाग्मती गोल्डकप जित्ने उनको तर्क थियो । प्रतियोगिताको विजेता टिमले १० लाख रुपैया र उपविजेता टिमले ५ लाख रुपैया प्राप्त गर्ने छ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैया र अन्य विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैया प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क