इन्फो नेपाल — सञ्चारको सञ्जाल

विद्यार्थीदेखि इन्जिनियर वा डाक्टरले आफ्ना समस्या हल गर्न प्रयोग गर्ने 'च्याट जीपीटी' के हो  ?

काठमाडौं । ३० नोभेम्बरमा सार्वजनिक भएको च्याट जीपीटीबारे अहिले इन्टरनेटमा सर्वाधिक बढी चर्चा भइरहेको छ । ओपन एआई सन् २०१५ मा आर्टिफिसियल इन्टेलिजेन्टस (एआई)लाई विकास गर्न स्थापित गरिएको संस्था हो । प्रविधि क्षेत्रमा दिग्गज कम्पनीमा काम गरिरहेका एलन मस्क, इल्या सट्टेभर, जर्ज ब्रोकम्यान र कम्युटर इन्जिनियर साम अल्टम्यानले स्थापना गरेका हुन् । ओपनएआईले मसिन लर्निङ, रोबोटिक्स, अर्थशास्त्र र कम्प्युटर विज्ञानलगायत विभिन्न क्षेत्रमा अनुसन्धान गर्दै आएको छ । यसअघि कम्पनीले डोल्ली नामक एआई टुल विकास गरेको थियो, जसका माध्यमबाट आवश्यकता अनुसारको निर्देशन दिएर फोटो तयार पार्न सक्छौं । हाल सार्वजनिक भएको च्याट जीपीटी एउटा त्यस्तो एआई टुल हो, जसलाई हामी हाम्रो आवश्यकता अनुसारका प्रश्न सोध्न सक्छौं । ओपन एआईका अनुसार यो टुल सार्वजनिक भएको एक हप्तामा करिब १० लाख प्रयोगकर्ता थपिएका छन् । के हो च्याट जीपीटी ? कसरी गर्छ काम ? च्याट जीपीटी अहिले विभिन्न कुराले चर्चामा छ । कुनै विज्ञ मानिसहरूसँग प्रश्न सोध्दा उनीहरूले जति सहजै उत्तर दिन्छन्, च्याट जीपीटीले पनि त्यसरी नै दिने गर्छ । हामीले राखेका प्रश्न, जिज्ञासा अनुसार च्याट जीपीटीले उत्तर तयार पार्छ र हामीलाई पठाउँछ । हरेक पटक ओरिजिनल कन्टेन्ट पठाउने भएकाले त्यसबाट प्राप्त जानकारीलाई विभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । यो एआई टुललाई कतिपयले मनोरञ्जनको माध्यम पनि बनाएका छन् । (जेनेरेटिभ प्रि-ट्रेनिङ ट्रान्सफर्मर) भाषा मोडेल र डोटा २-प्लेइङलगायत धेरै प्रभावशाली प्रविधि र उपकरणहरू विकास गरेको छ। एआई बोट, ओपनएआई फाइभ। ओपनएआई एआईको जिम्मेवार विकास र प्रयोगलाई बढावा दिन प्रतिबद्ध छ, र यस लक्ष्यलाई अगाडि बढाउन धेरै पहल र साझेदारीहरू स्थापना गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम दि वाल स्ट्रिटका अनुसार च्याट बट एउटा त्यस्तो निःशुल्क उपलब्ध हुने आर्टिफिसियल इन्टेलिजेन्स च्याट बट हो, जसले हाम्रा हरेक प्रश्न वा जिज्ञासाको चित्तबुझ्दो जवाफ दिन्छ । तपाईँले आफ्ना लागि प्रेमगीत लेख्न भन्नुभयो वा अन्य कुनै कुरा लेख्न भन्नुभयो भने यो टुलले तपाईँले उपलब्ध गराएका जिज्ञासा अनुसार गीत तयार पार्छ । आफ्नो मस्तिष्कमा जे प्रश्न आउँछन्, तपाईँले ती प्रश्न सोध्न सक्नुहुन्छ । हामी मानवलाई दुई असम्बन्धित विषयमा केही लेख्न दियो भने हामी सोचमग्न हुन्छौं । वा त्यसलाई असम्बन्धित छ भनेर छाडिदिन सक्छौं । तर, यो टुलले दुई असम्बन्धित विषयलाई पनि कसरी जोड्न सक्छ भन्ने कुरा हामी कल्पना पनि गर्न सक्दैनौँ । हरेक पटक ओरजिनल रिप्लाई दिँदा हामीले कोही मानिसहरूसँग कुरा गरेको आभास हुन्छ । तर, यस टुलमा पनि केही कमजोरी छन् । च्याट जीपीटीले कुनै पनि विषयलाई लिएर त्यसको भविष्यवाणी गर्दैन । उदाहरणका लागि हामीले हाम्रो वा हामी बस्ने ठाउँको भविष्यका बारेमा सोध्यौं भने यो टुलले उत्तर दिन असमर्थ भएको जानकारी दिन्छ । कतिपय मानिसहरूले निकै सामान्य प्रश्न जस्तै म को हो वा म कहाँ बस्छु भन्ने प्रश्न सोधिरहेका हुन्छन् । यस्ता अवस्थामा 'तपाईँ को हो भन्ने कुरा तपाईँलाई मात्र थाहा हुन्छ' जस्तो सन्तोषपूर्ण उत्तर दिन्छ । पछिल्लो समय यो च्याटबोट सामान्य विद्यार्थीदेखि ठूला इन्जिनियर वा डाक्टरले आफ्ना समस्या हल गर्न प्रयोग गरिरहेका छन् । यस्ता उत्तरहरू च्याट जीपीटीले कसरी तयार पार्छ ? च्याट जीपीटी जस्तो एआईलाई कम्पनीले विभिन्न स्रोतबाट संकलन गरेको अर्बौं डेटा उपलब्ध गराएर तालिम दिइएको हुन्छ । विशेषगरी इन्टरनेट र अन्य विविध स्रोतबाट विभिन्न विषयसँग सम्बन्धित डेटा उपलब्ध गराइएको हुन्छ । इन्टरनेटमा भएका अधिकांश कुराहरू यस च्याटबोटसँग छन् भन्दा फरक पर्दैन । विशेषगरी विभिन्न जानकारीको भण्डार विकिपेडिया जस्ता प्लेटफर्मबाट यो च्याटबटले तालिम लिएको हुन्छ । आवश्यक परेको खण्डमा विभिन्न स्रोतबाट जानकारी निकाल्छ र हामीले सोधेका वा राखेका जिज्ञासाको उत्तर दिन्छ । च्याट जीपीटीलाई के कुराले यति चर्चित बनाएको छ ? च्याट जीपीटी मात्र नभई एआई प्रयोग भएका अन्य विभिन्न टुलहरू मानिसको रोजाइमा परेका हुन्छन् । एआई टुल प्रयोग भएका फेसबुक, गुगल, युट्युब, ट्वीटर, इन्स्टा जस्ता प्लेटफर्म हामी दैनिकजसो प्रयोग गरिरहेका हुन्छौं । च्याट जीपीटीले पनि हाम्रो आवश्यकता अनुसार प्रश्नको उत्तर र साथै समस्याको हलको उपाय दिने भएकाले धेरैको रोजाइमा परेको छ । यसअघि ओपन एआईले तयार पारेका विभिन्न टुलहरू चर्चित बनेका छन् । सबैभन्दा पहिले सार्वजनिक गरिएको डल्ली त्यस्तो टुल हो, जसका माध्यमबाट हामी आफूलाई आवश्यक परेका फोटो तयार पार्न सक्छौं । त्यसैलाई स्तरीय बनाउन कम्पनीले डल्ली टु सार्वजनिक गरेको थियो । यो टुल पनि फोटो तयार पार्नकै लागि प्रयोग हुन्छ । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर आफ्नो आवश्यकता अनुसारको फोटो बनाउन सकिने भएपछि यो साइट लोकप्रिय बनेको हो । अघिल्लो हप्ता मात्र सार्वजनिक भएको च्याटजीपीटीले अहिले ट्राफिक धान्नै सकेको छैन । यसलाई सब्स्क्रिप्सन मोलेमा लिएर कम्पनीले २०२४ मा वार्षिक एक अर्ब डलर आम्दानी गर्ने लक्ष्य राखेको छ । कम्पनीले आर्थिक रणनीतिका बारेमा हालसम्म कुनै खुलासा नगरे पनि २०२३ सम्म २० करोड डलर र २०२४ मा एक अर्ब डलर आम्दानी गर्ने लक्ष्य राखेको कुरा बाहिरिएको छ । गुगलको सम्भावित ठूलो प्रतिस्पर्धीका रूपमा हेरिएको यस प्लेटफर्मले ठूला लगानीकर्तालाई आकर्षित गरिरहेको छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

तीन परिवारबाट सुरु भएको हेटौँडाको छठमा यस वर्ष ६० हजार सहभागी हुने

हेटौँडा । करिब ४६ वर्षअघि दुई–तीन परिवारबाट सुरु भएको छठ पर्व हेटौँडामा अहिले ठूलो धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विस्तार भएको छ। यस वर्ष हेटौँडा–१ स्थित राप्ती नदी किनारमा आ…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भीमफेदी दुर्घटना : १३ जनाको शव सर्लाही पुर्‍याइयो, सामूहिक अन्त्येष्टि सुरु

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको सामूहिक अन्त्येष्टि सुरु भएको छ। शुक्रबार हेटौँ…

इन्फो नेपाल संवाददाता