इन्फो नेपाल — सञ्चारको सञ्जाल

विद्यार्थीले लगाए गाउँपालिका र विद्यालयमा ताला

सुनसरीको कोसी गाउँपालिका-१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा पठनपाठन नभएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । एक महिना अघिदेखि विद्यालय खुले पनि विद्यालयमा पढाई नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । विद्यार्थीले आज बिहान ११ बजेदेखि ४ घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर कोसी गाउँपालिकाको लौकहिमा सडक प्रदर्शनसमेत गरेका थिए । आन्दोलनकारीले विद्यालयमा र कोसी गाउँपालिकामा समेत तालाबन्दी गरेका छन् । उनीहरूले परीक्षा आउन लाग्दा पढाई नभएको, पर्याप्त शिक्षक नभएको र भएका शिक्षक पनि समयमा विद्यालय नआउने गरेका कारण आन्दोलन गर्न बाध्य भएको बताउँछन् । कक्षा ९ मा पढ्ने अफ्ताब अन्सारी शिक्षकले विद्यार्थीप्रति गरेको बेवास्ताले आन्दोलनको रूप लिएको बताउँछन् । १० बजे आउनु पर्ने सर १२, १ बजे आउने कुनै दिन पनि पुरै पढाई नहुने जस्ता समस्याका कारण विद्यार्थी सडकमा आउनु परेको उनको भनाई थियो । त्यस्तै मनिष कुमार यादव पनि अन्सारीको भनाइलाई समर्थन गर्दै विद्यालयमा हुने राजनीतिका कारण विद्यार्थीको भविष्य डामाडोल भएको दुख पोख्छन् । ‘विद्यालयमा भएका सरहरूले पढाई दिए पनि हुन्थ्यो तर उहाँहरू कति बजे आउँछ, कति बजे जान्छ विद्यार्थीहरूलाई थाहा हुँदैन,’ उनी भन्छन् । त्यस्तै कक्षा ७ मा अध्ययनरत पूजन कुमारी यादव सरहरूले हाम्रो भविष्यमाथि खेलबाड गरेको आरोप लगाउँछिन् । कोभिडले बन्द भएका विद्यालय खुल्दा पनि पढाई नहुँदा दिनभर स्कुलमा आएर बस्नु बाहेक कुनै काम नभएको उनको भनाई छ । ‘सरलाई देख्नै मुस्किल पर्छ, पढाउन त परको कुरा,’ यादव भन्छिन् । एक हजार भन्दा बढी विद्यार्थी रहेको विद्यालयमा विषयगत शिक्षक नहुँदा समस्या भएको छ । गाउँपालिकाले विषय अन्तर्गत शिक्षक दिन नसक्दा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको विद्यालय बताउँछ । माध्यमिक तह सम्म पढाई हुने विद्यालयमा एक जना मात्रै निम्न माध्यमिक तहका स्थानी शिक्षक रहेका छन् । उनलाई नै निमित्त प्राध्यापकको जिम्मेवारी दिइएको छ । माध्यमिक तहको दरबन्दी गाउँपालिकाले नदिँदा दिनप्रतिदिन विद्यालयमा समस्या बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण यादव बताउँछन् । प्राथमिक तहमा भएको शिक्षकले माध्यमिक तहसम्म पढाउनु परेको अध्यक्षको भनाई छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क