इन्फो नेपाल — सञ्चारको सञ्जाल

विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित श्री तासिर इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलका एक शिक्षक विद्यार्थी कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सामाजिक शिक्षाका शिक्षक अच्युत ओझालाई बालबालिकाविरुद्धको कसुर सम्बन्धी मुद्दामा नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।

कक्षा ८ मा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीलाई कक्षाकोठाभित्र कुटपिट गरेको आरोपमा उनीविरुद्ध जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो। घाइते विद्यार्थीको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ भने उनको टाउकोमा मध्यम प्रकृतिको चोट लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना जेठ ७ गते भएको थियो। हेटौँडा–६ पुतलीबजार निवासी ४५ वर्षीय शिक्षक ओझाले अध्ययनरत अवस्थामा विद्यार्थीमाथि कुटपिट गरेको आरोप लगाइएको छ। घटनापछि पीडित पक्षले जेठ १६ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएको थियो। जाहेरी प्राप्त भएपछि प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले सोही दिन साँझ शिक्षक ओझालाई उनकै घरबाट नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले बालबालिकासम्बन्धी कानुनी व्यवस्थाअनुसार आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ। यता, विद्यार्थीको स्वास्थ्य अवस्थामाथि चिकित्सकको निगरानी जारी रहेको बताइएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क