इन्फो नेपाल — सञ्चारको सञ्जाल

विद्युत् प्राधिकरणलाई मेयर शाहको प्रश्न: कुन सडकमा कुन मिटरमा कहिलेदेखि...

काठमाडौँ — विद्युत् प्राधिकरणले काठमाडौं महानगरपालिकालाई विद्युत् महसुल तिर्न गरेको पत्राचारबारे मेयर बालेन्द्र शाहले प्रश्न उठाएका छन् । कुन सडकमा कुन मिटरमा कहिलेदेखिको रकम बक्यौता रहेको उल्लेख नै नगरी महानगरपालिकाको नाममा पत्राचार गर्नु गैरजिम्मवार काम भएको मेयर बाहले बताएका छन् । मेयर शाहले प्राधिकरणले काठमाडौं महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने भनिएको रकम महानगरपालिकाको कुनै कार्यालयको रकम नभएर सडक बत्तीको रकम भनिएको पनि उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा मेयर बालेन्द्रले लेखेका छन्, 'महानगरक्षेत्रबाट नेपाल विद्युत् प्राधिकरणले आफ्नो आम्दानीको के कति रकम प्राप्त गर्दछ । यस क्षेत्रका उपभोक्ताप्रति उसको जवाफदेहिता रहन्छ/रहँदैन, सार्वजनिक जिम्मेवारीको आधारमा के गर्ने, के गर्नु पर्छ, सो विषयमा नेपाल विद्युत् प्राधिकरण आफैं जानकार छ ।' उनले सार्वजनिक मठ मन्दिर, सडकबत्ती, सार्वजनिक स्थानमा बालेको वा बलेको बत्तीको रकम दाखिला गर भन्दा महानगरले के र कुन आधारमा जनताको रकम दाखिला गर्न पठाउने भन्ने प्रश्नको जवाफ स्पष्ट हुनुपर्ने बताए । मेयर बालेन्द्रले भनेका छन्, 'काठमाडौं महानगरवासीको सेवाका लागि स्थापित स्थानीय सरकार भएको र यसले गर्ने सबै कामहरू जनताको हित संरक्षण गर्ने कुरासँग सम्बन्ध राख्दछ । जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरूबाट सञ्चालन हुने संस्था भएकाले यसले गर्ने कामसँग जनताको विश्वास र अभिमत रहन्छ ।'

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क