इन्फो नेपाल — सञ्चारको सञ्जाल

विद्युत, खानेपानी र खाद्य वस्तुमा ४५ प्रतिशत छुट गर्न अखिल क्रान्तिकारी माग

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) हुम्लाले विद्युत, खानेपानी र खाद्य वस्तुमा ४५ प्रतिशत छुट गर्न जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई कार्यालय हुम्लासँग माग गरेको छ । अखिल क्रान्तिकारीले विद्यार्थीलाई अध्ययन गर्दा समस्या परेको भन्दै शैक्षिक सुधारका विभिन्न ७ बुँदे मागसहित शिक्षा समन्वय एकाइ र जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ। अखिल क्रान्तिकारी हुम्ला अध्यक्ष उपेन्द्र रावलले शिक्षा, स्वास्थ्य र खाद्यान्नका विषयमा जिल्लाका सम्वन्धित निकायहरुको ध्यानार्कषण गराएको र आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए । बिहीबार अध्यक्ष रावल सहितको नेतृत्वमा गएको विद्यार्थीहरुको समूहले विद्यार्थीलाई सहुलियतको माग गर्दै र शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानको माग गर्दै ज्ञापनपत्र बुझाएको हो । दलित, पिछडिएका, जनजाति र महिला, अपंगता भएका विद्यार्थीका लागि व्यवस्थित छात्राबास स्थापना गरिनु पर्ने, विद्यालयहरुमा दक्षताको आधारमा शिक्षक, कर्मचारी नियुक्ति गरिनु पर्ने जस्ता माग राखिएको उनले बताए । संगठनले शिक्षा सुधारका लागि हुम्ला जिल्लाका सातवटै गाउँपालिकाहरुमा माग पत्र पेस गर्ने भएको अध्यक्ष रावलले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क