इन्फो नेपाल — सञ्चारको सञ्जाल

विप्लव कार्यकर्ताले लगाइदिए सबइन्जिनियर यादवलाई कार्यालयमै कालोमोसो र जुत्ताको माला

शिक्षा विकास समन्वय इकाई सोलुखुम्बुका सबइन्जिनियर पवन कुमार यादवमाथि कालोमोसो र जुत्ताको मालासहित हातपात भएको छ । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कार्यकर्ताले उनलाई कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन् । सबइन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा भ्रष्टचार गरेको आरोप लगाउँदै सोमबार दिउँसो कार्यालयमै पुगेका विप्लव निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का कार्यकर्ताले हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन् । दिउँसो करिब १ बजे मास्क लगाएर कार्यालयमा आएका १० जनाजति युवाहरुले नाराबाजी सहित आफूलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको पीडित यादवले बताए । कालोमोसो लगाइदिएपछि क्रान्तिकारीले कार्यालयको मुख्यद्वारमा प्रेस विज्ञप्ति टाँस गरेको छ । क्रान्तिकारीका संयोजक एकराज राईद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा शिक्षा समन्वय इकाईका सबइन्जिनियरुहरु पवन कुमार यादव र नविन कुमार सिंहले जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रको विद्यालय भवनहरु निर्माण गर्दा आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ । आफूहरुले सो रकम विद्यालयलाई फिर्ता गर्न पटक/पटक आग्रह गरेपनि बेवास्ता गरेका कारण सांकेतिक रुपमा कारबाही गरेको विज्ञप्तिमा भनिएको छ । साथै उक्त रकम तत्काल फिर्ता नगरे भौतिक कारबाही समेत गर्ने समेत चेतावनी दिइएको छ । सवइन्जिनियरद्वयले महाकुलुङको कैलाश आधारभूत विद्यालय भवन निर्माण गर्दा १ लाख ९० हजार, पेल्माङ आधारभूत विद्यालयमा ५० हजार, बाखोर र चेपेल आधारभूत विद्यालयमा ३५/३५ हजार र खिरौले आधारभूत विद्यालयमा ७५ हजार रुपैयाँ भ्रष्टचार गरेको आरोप लगाइएको छ । यस अघि पनि विप्लव निकटका कार्यकर्ताले आफूलाई हातपात गरेको पीडित सबइन्जिनियर यादवले बताए । यादवले आफ्नो कुनै कमजोरी नरहेको र कानुनी कारबाहीमा जान आग्रह गरेको भएपनि आफूमाथि भौतिक आक्रमण भएको भन्दै दु:ख व्यक्त गरे । घटनापछि फरार भएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । [caption id="attachment_11126" align="alignnone" width="596"] ?????????[/caption]

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क