इन्फो नेपाल — सञ्चारको सञ्जाल

विराटनगरकी प्रियंका सुनार ह'त्या घटनामा चार जना पक्राउ

सुनसरी \ विराटनगर महानगरपालिका- १९ की २८ वर्षीया प्रियंका सुनारको ह'त्यामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरी कार्यलय विराटनगरका अनुसार घटनाको अनुसन्धान अघि बढाएककोमा थप दुई जनालाई आज सोमबार दिउँसो पक्राउ गरेको हो । पछिल्लो पटक पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका- ५ का ३५ वर्षीय उमेश सरदार र विराटनगर महानगरपालिका- ७ का ५३ वर्षीय श्रीराम चौधरी रहेका छन् । त्यसअघि कटहरी- ५ का ६२ वर्षीय रामानन्द राम र विराटनगर- १९ का २९ वर्षीय रमेश साह पक्राउ परेका थिए । प्रियंका हत्या प्रकरणको अनुसन्धान अघि बढाउने क्रममा चार जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘हत्यामा संलग्न भएको आशंकामा सुरुमा रामानन्द र रमेशलाई पक्राउ गरिएको हो , र थप अनुसन्धानपछि उमेश र श्रीरामलाई पनि पक्राउ गरियो ।’ ह'त्यामा उनीहरुको संलग्नता छ कि छैन भनेर यकिन हुन बाँकी रहेको प्रहरीले बताए । विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको बताउँदै उनले घटनाको वास्तविकता पत्ता लगाउन केही समय लाग्ने भएको छ । ह'त्या गरी बोरामा पोको पारेर फ्यालेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका- २ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा प्रियंकाको शव फेला परेको थियो । घरको आँगन जोडिएको ग्वालीमा सोमबार दिउँसो १२ बजेतिर शरीरभरि चोटपटक रहेको शव भेटिएपछि नरसिंहमाथि सोधपुछ गरिएको छ नरसिंहको घरभित्र हत्या गरेपछि प्रियंकाको शव बोरामा पोको पारेर उनकै ग्वालीमा फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । महिलाको हत्या गरेर शव बोरामा पोको पारी फालेको सूचना आउनसाथ मोरङ प्रहरी पुगेको थियोे । शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको छ ।- रासस

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क