इन्फो नेपाल — सञ्चारको सञ्जाल

विराटनगरको पसल र होटलमा आगलागी हुँदा १ करोड बढीको क्षति

सुनसरी / मोरङको जिल्लाको विराटनगर-९ हस्पिटल चौकस्थित सोमबार मध्यराती पसल र होटलमा आगलागीले १ करोड बढीको क्षति भएको छ । एउटा होटलबाट सुरु भएको आगोले पछि आसपासका पसल व्यावसायलाई क्षति पुर्यापछि ठुलो जनधनको क्षति भएको स्थानीयले बताएका । दुई होटल, एक किराना र एक कपडा पसल पुर्ण रुपमा जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको हो । गयराती करिब सवा १२ बजेदेखि सुरु भएको आगलागीले किराना पसलमा २५ लाख २७ हजार, विनोद राजवंशीद्वारा सञ्चालित होटलमा १२ लाख र दीपनारायण राजवंंशीले सञ्चालन गरेको होटलमा ११ लाख बराबरको क्षति गरेको मोरङ प्रहरीले जनाएको छ । शोभादेवी घिमिरेका छोरा कुमारी प्रसाद घिमिरेले सञ्चालन गरेको किराना पसल, विराटनगर–८ का छविलाल उप्रेतीको कपडा तथा भाँडा पसल, विराटनगर–७ का विनोद राजवंशीले सञ्चालन गरेको न्यू राजवंशी होटल र विराटनगर–८ का दीपनारायण राजवंशीले सञ्चालन गरेको दिपेश होटल आगोले ध्वस्त बनाएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीका अनुसार आगोले जनधनसँगै आगो नियन्त्रणमा लिनका निम्त्ति खटिएका वारुण यन्त्रका ३ कर्मचारीहरुलाई समेत क्षति पुर्याएको छ । आगलागी हुँदा किराना पसलभित्र रहेको ५ लाख नगद र २० लाखभन्दा बढीको सामान समेत जलेर नष्ट भएको पसलका सञ्चालक कुमारी प्रसाद घिमिरेले बताए । आगो नियन्त्रणमा लिने क्रममा खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुँदा विराटनगर–४ का ३७ बर्षीय भीम विष्ट, विराटनगर–२ का ३७ बर्षीय अशेष दाहाल र सुनसरीको दुहबी–१२ का १९ बर्षीय प्रेमकुमार राजवंशी घाइते भएको विराटनगर महानगरपालिकाले जनाएको छ । महानगरका अनुसार हाल उनीहरुको महेन्द्र चौकस्थित म्याक्स अस्पतालमा उपचार भईरहेको छ । घाईते तीनै जनाको स्वास्थ्य अवस्था सुधारुन्मुख रहेको महानगरका नगर प्रहरी प्रमुख राजन पौडेलले बताए । ठुलोे जनधनको क्षति हुँदा पनि हालसम्म भने आगलागीको कारण पहिचान हुन सकेको छैन् । स्थानीयले ग्यास खुल्ला छाड्दा आगलागी भएको बताईरहँदा प्रहरीले भने विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरेको छ । घटना सम्बन्धमा भने थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलयमोरङले जनाएको छ ।-रासस

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क