इन्फो नेपाल — सञ्चारको सञ्जाल

विराटनगरमा अतिक्रमित संरचनामा डोजर चल्यो

सुनसरी / विराटनगर महानगरपालिका- ८ ले सडक विस्तारका लागि बाँके बिहारी मार्गकाे सडक मापदण्ड भित्र पर्ने संरचना हटाएकाे छ । मापदण्ड अनुरुप सडक विस्तारका निम्ति हाल रेखाङ्कनभित्र परेका संरचनाहरू भत्काउने कार्य भईरहेको अबको र एक महिनाभित्र सडक कालोपत्रे गरिसक्ने तयारीका साथ सडक विस्तारको कार्य अघि बढाइएको विराटनगर -८ का वडाध्यक्ष राम पोखरेलले बताए । वडा कार्यालयको पहलमा हिजो आइतबारदेखि १२० मिटर लम्बाईको उक्त बाटो फराकिलो गरेर कालोपत्रेकाे काम सुरु गर्न मापदण्ड भित्र पर्ने संरचना हटाएकाे हो ।बाटोमा भएका खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको जोखिम उच्च थियो । १० फिट चौडाईको बाँके बिहारी मार्गलाई नालासहित २० फिटमा स्तरोन्नति गर्ने तयारी रहेको छ । नाला निमार्णका लागि वडा कार्यालयबाट १० लाख र सडक कालोपत्रेका लागि महानगरको सडक बोर्डबाट ७ लाख बजेट विनियोजन गरिएको छ । निमार्ण कम्पनीले कुल ४३ लाखको बजेटमा वडा नं. ५, ६, ७ र ८ को विभिन्न चारवटा प्याकेजमा काम गरिरहेको छ । विगत लामो समयदेखि बन्न नसकेको बाटो कालोपत्रे हुुने भएपछि स्थानीय पनि उत्साहित देखिएका छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क