इन्फो नेपाल — सञ्चारको सञ्जाल

विराटनगरमा आगोले जलेर घाइते भएकी वृद्धाको मृत्यु

विराटनगर: विराटनगरमा आगोले जलेर गम्भीर घाइते भएकी एक जना वृद्धा महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–६ ब्रह्मपुराकी ७० वर्षीया लक्ष्मी कामतको मंगलबार राति मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । प्रहरीका अनुसार घरको कोठाभित्र बालेको दियोबाट ओछ्यान र कपडामा आगो सल्किँदा सोमबार राति कामत गम्भीर घाइते भएकी थिइन् । उनलाई उद्धार गरेर उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल भर्ना गरिएको थियो । उनको शरीरको ६५ प्रतिशतभन्दा बढी भाग जलेको थियो । अवस्था गम्भीर बन्दै गएपछि उपचार सम्भव नहुने ठानेर आफन्तले मंगलबार साँझ घर लिएर गएका थिए । घरमा लगिएकी वृद्धाको राति साढे ८ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । डीएसपी दाहालले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क