सुनसरी / विराटनगरमा किशोरीलाई सामूहिक ब´लात्कार गरेको आरोपमा प्रहरीले साउन ८ गते दुई जना कराते प्रशिक्षक पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार गत असार २८ गते १९ वर्षीया किशोरीलाई ब´लात्कार गरेको आरोपमा विराटनगर- ३ का ५० वर्षीय कराते प्रशिक्षक विनोद राउत र सुरज सुवेदी पक्राउ परेका हुन् ।
राउत राष्ट्रीय खेलकुद परिषदको मोेरङको प्रशिक्षक हुन् भने सुवेदी सङ्खुवासभाका प्रशिक्षक हुन् । गत असार २८ गते करणी गरेको भन्दै किसोरीले जाहेरी दिएपछि दुई जनालाई साउन ८ गते आइतबार प्रहरीले पक्राउ गरेको हो ।
किशोरीले होटलमा लगेर क'रणी गरेको जाहेरी दिएपछि नियन्त्रणमा लिएर म्याद थप गरिएक छ । होटलमा ज'वरजस्ती क'रणीको भिडियो पनि बनाएको किसोरीकोे जाहेरीमा छ ।
भिडियो बनाएको विषय भने थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पीडित भनिएकी किसोरी विद्यार्थी हुन् ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…